चिकित्सा शिक्षा आयोगको निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै केएमसीका विद्यार्थीहरु आन्दोलित

news-details

काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थीहरुले बिहीबार आन्दोलन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनहरु लागू गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले व्यानरसहित आन्दोलन गरेका हुन् ।

आन्दोलनमा उनीहरुले केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

विद्यार्थीहरुले आन्दोलनमा ईन्टर्नरशिप हो की श्रम शोषण हो भनेर समेत प्रश्न लेखिएको व्यानर देखाएर आन्दोलन गरेका हुन् ।

आन्दोलनमा विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको दिशा निर्देशनमा लागू भएको भन्दा बढि पैसा केएमसी प्रशासनले उठाएको भन्दै पैसा फिर्ता दिन माग गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *