दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स, यस्तो छ चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क

news-details

चालु आर्थिक वर्ष पहिलो दुई महिना ९साउन–भदौ० मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

साउनमा १ सय ३६ अर्ब र भदौमा १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदनमा उक्त विवरणमा उल्लेख छ ।

प्रतिवेदन अनुसार यी दुई महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै अवधिमा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड आएको थियो ।

यसैगरी यस अवधिमा ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *