बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

news-details

आज असोज २६ गते शनिबार बडादशैंकोली दिन देशका कोशी प्रदेश लगायत बागमती, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *