लायन्स क्लव अफ काठमाडौं रञ्जना सिस्टर्सको बाढीपहिरो पिडितलाई सहयोग

news-details

लायन्स क्लव इन्टरनेशनल २३५ आइ नेपाल अन्तर्गत लायन्स क्लव अफ काठमाडौं रञ्जना सिस्टर्सले केही दिनअघि बाढी पहिरोमा परेमा समस्यामा परेका मानिसहरुलाई सहयोग गरेको छ ।

रञ्जना सिस्टर्सकी अध्यक्ष लायन कल्पना श्रेष्ठको संयोजकत्वमा क्लवले हगंर रिलिफ प्रोग्राम अन्तर्गत काठमाडौंमा बाढीले घरबारविहीन भएका सुकुम्वासी बस्तीका करिव ९ सय मानिसहरुलाई एकदिन बिहान बेलुका खाना वितरण गरेको हो ।
सेवा नै धर्म हो र मानवता नै पहिलो प्राथमिकता भनेर क्लवले बाढीपिडितहरुको सहयोग गरेको हो । साथै क्लवकी अध्यक्ष कल्पना श्रेष्ठको पहलमा क्यान्सर पिडित महिलालाई आर्थिक सहयोग समेत गरिएको थियो ।

स्थापनाकालदेखि नै क्लवले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ र आगामी दिनहरुमा पनि निरन्तर गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *