मलेसिया रोजगारी तत्काल खुलाउन संसदमा दर्ता भयो सार्वजनिक महत्वको प्रस्ताव (प्रस्तावको पूर्णपाठसहित)

news-details

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल खुलाउन संघिय संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । प्रतिपक्षि दल नेपाली कांग्रेसकी संसद सदस्य तथा छाया सरकारकी श्रम मन्त्री डा. डिला संग्रौलाले मंगलबार बसेको प्रतिनिधी सभा बैठकका उक्त प्रस्ताव पेश गरेकि हुन ।

संग्रौलाले निःशुल्क नेपाली कामदार लैजाने गरी दुवै मुलुकबीच श्रम सहमति भएको ७ महिना वित्दासमेत मलेसिया रोजगारी खुल्न नसक्दा लाखौ नेपाली युवाहरु मलेसिया रोजगारीबा बञ्चित रहेको तथा मलेसियाली रोजगारदाताहरुले विकल्प खोज्न थालेकाले नेपालीहरुको अवसर खुम्चने खतरा बढेको भन्दै तत्काल यसलाई सुचारु गराउनुपर्ने भन्दै प्रस्ताव पेश गरेकी हुन ।

रामबहादुर विष्ट र देव प्रसाद तिमिल्सिनाको समर्थनमा संग्रौलाले उक्त प्रस्ताव दर्ता गराएकी हुन् । अब उक्त प्रस्ताव उपर प्रतिनिधि सभाको बैठकमा छलफल हुनेछ ।
‘मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखिकरण, मागपत्र प्रमाणिकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको छ’, उनले भनेकी छन् , ‘मलेसिया जान चाहने युवाहरूको मेडिकल जाँच गर्ने संस्थाको छनोट गर्दा मलेसिया तथा नेपालका बिचौलियाको चलखेल नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल भएको छ’ उक्त प्रस्तावमा भनिएको छ ।

साथै उक्त प्रस्तावमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुसँग बढी पैसा लिने एजेन्शीलाई सरकारले नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तथा विदेशमा रहेका नेपाली कुटनैतिक निकायहरुको परिचालन गरी नेपालीहरुको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन माग गरिएको छ ।

कामदारमाथि आर्थिक शोषण भएको भन्दै २०७५ जेठ २ गते बन्द भएको मलेसिया रोजगारी अझसम्म सुचारु हुन सकेको छैन । यसबीचमा दुई मुलुकबीचको आपसी छलफलपछि गत कात्तिक १२ गते श्रम सहमतिमा हस्ताक्षर पनि भैसक्यो तर सम्झौता भएको ७ महिना वित्दासमेत नयाँ प्रक्रियामार्फत नेपाली कामदार जान पाएका छैनन । जसका कारण मलेसिया जान तयार लाखौ नेपाली त समस्यामा परेका छन नै देशले अरबौं रुपैयाँ रेमिट्यान्स गुमाइरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *