ललितपुरको नक्खुखोला किनारमा बस्दै आएका बाढीपीडितलाई मारवाडी सेवा समितिको सहयोग

news-details

ललितपुरको नक्खुखोला किनारमा बस्दै आएका बाढी पीडितलाई मारवाडी सेवा समिति नेपालले राहतसहितको सहयोग प्रदान गरेको छ ।

मारवाडी सेवा समिति नेपाल, मारवाडी युवा मञ्च, मारवाडी महिला संघ र श्री पशुपाति गौशाला धर्मशालाले खाद्यान्न, चामल, दाल, नुन, तेल, चिउरा, चिनी, लत्ताकपडा, कम्बल, मेट्रेस र बालबालिकालाई आवश्यक सामाग्री प्रदान गरेको मारवाडी युवा मञ्चकाका अध्यक्ष प्रकाश केजरीवालले बताए ।

गत असोज ११ र १२ गते आएको बाढीले त्यस क्षेत्रका सबै घर डुबानमा परेपछि बाढीपीडितहरु स्थानीय बिद्यालय र आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । बाढीले टीनले बारेका टहरा बस्न नहुने बनाएको छ भने अधिकांशका टहरा बगाएको छ । बाढीले बालबालिका, महिला र ज्येष्ठनागरिक समस्यामा पर्दे आएकाछन् । बाढीले भएको सबै अन्नपात र लत्ताकपडा बगाएपछि र पुरेपछि आफूहरुको बिचल्ली भएको ङिमा ल्हामु भोटेले बताए ।

उनीहरु बस्दै आएको ठाउँ बाढीले खण्डहर बनाई दिएको छ । पहिलेको ठाउँमा बस्ने अवस्था नभएको र तत्काल घर टहरा बनाउन पनि सक्ने अवस्था नभएको पीडितहरुले बताएका छन् । संखुवासभाको भोटखोला गाउँपालिकाबाट ललितपुर–२५ फुलबारीस्थित नक्खु खोला किनारमा बस्दै आएका बाढीपीडित भोटेसमूदायलाई मारवाडी सेवा समिति लगायतले गरेको सहयोग पछि उनीहरु खुशी भएका छन् ।

मारवाडी सेवा समितिले यस अघि पनि बाढीपीडतलाई आर्थिक, खाद्यान्न, लत्ताकपडालगायतका सहयो गर्दे आएको मारवाडी युवा मञ्चका महासचिव रितेश जाजोदियाले बताए । समितिले सयुक्त रुपमा काभ्रेलगायतका स्थानका बाढीपडितलाई पनि सहयोग गर्दे आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *