हिरो ब्राण्डको शाखा सोरुम अब काठमाडौंको जोरपाटीमा

news-details

हिरो ब्राण्ड मोटरसाईकलको शाखा सोरुम अब काठमाडौंको जोरपाटीमा सुरु भएको छ ।

नेपालीहरुको महान् चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापनाबाट जोरपाटीस्थित बराल पेट्रोलपम्पको ठिक अगाडि सोरुमको सुरुवात गरिएको हो ।

हिरो मोटरसाईकलको आधिकारिक डिलर पाथिभरा ए.ए.ए. इन्टरप्राइजेज प्रा.लि. ले चावहिल, बौद्ध, जोरपाटी र नारायणटारका बासिन्दाहरुलाई लक्षित गर्दै घटस्थापनाको अवसर पारेर अत्याधिक सुविधासम्पन्न सोरुमको सुरुवात गरेको आधिकारिक बिक्रेता ईश्वर कटुवालले जानकारी दिए ।

पछिल्लो समयमा हिरो ब्राण्डको लोकप्रियता बढेसँगै यस प्रकारको सुविधा सम्पन्न सोरुमको स्थापनाले यस ब्राण्डले थप उचाई लिने कटुवालको भनाई छ । साथै आगामी दिनहरुमा ग्राहकको चाहना र रुची बमोजिमका मोडलहरु ल्याउने तयारी गरिरहेको उनले बताए ।

मोटरसाईकलको प्रख्यात ब्राण्ड हिरोका भर्खरै लन्च भएर आएका जस्तोसुकै खालका बाइक, स्कुटर र सेल्स सर्भिस स्पीयर पार्टस आवश्यक परेमा जोरपाटीस्थित बराल पेट्रोल पम्पको अगाडि आएर विशेष छुटसहीत खरिद गर्न सकिने उनले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *