शान्तिनगरको शोरुममा सर्यो पद्मोदयमोडको ‘जुत्ता एक्सचेन्ज’ मेला

news-details

विगत ७ वर्षदेखि पुतलीसडकस्थित पद्मोदयमोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेज मेला’को सोरुम काठमाडौंको मीनभवन शान्तिनगरमा सरेको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालय क्षेत्रभित्र व्यापारिक प्रयोजनको लागि भाडामा लगाउन नपाइने भन्ने नियम लागू गरेपछि पद्मोदय माविको मातहतमा रहेको जुत्तामेलाको सोरुम सरेको हो ।

अहिले एक्सचेञ्ज जुत्तामेलाको सोरुम मीनवभवन हाइटबाट शान्तिनगर जाँदा मेनरोडको तेस्रो विल्डिङ अर्थात् नेपाल कोरिया स्किन हस्पिटलको विल्डिङ सँगै सरेको छ । उपभोक्ताको रोजाईलाई मध्यनजर गर्दै विभिन्न आकर्षक अफरसहित शान्तिनगरको सोरुम घटस्थापनाको दिनबाट शुभारम्भ भएको छ ।

विशुद्ध नेपाली ब्राण्डका केटिएम सुज र सम्राट सुज जुत्ता एक्सेञ्ज मेलामा रहेका छन् । जुत्ता एक्सचेञ्ज मेलाको १४ वटा संस्करण पद्मोदयमोडमा सफलतापूर्वक सम्पन्न भइसकेको छ भने १५ औं संस्करणको सुरुवात शान्तिनगरको सोरुमबाट शुभारम्भ भएको जानकारी संचालक प्रमोद महत्तोले जानकारी दिए ।

नेपालीहरुको महान् चाड दशैंलाई लक्षितगरि आयोजना गरिएको मेलामा नेपाली ब्राण्डका उच्च क्वालिटीका जुत्ताहरु राखिएको छ । त्यस्तै मेलाकै लागि भनेर ७ सयभन्दा बढी डिजाईनका नयाँ र आकर्षक जुत्ताचप्पलहरु भर्खरै मेलामा लन्च गरिएको आयोजक महत्तोले जानकारी दिएका छन् ।

मेलामा जस्तोसुकै पुरानो जुत्ताको मुल्य ५ सय रुपैया तोकिने र छालाको जुत्तामा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक महतोले जानकारी दिए ।

त्यस्तै उच्च क्वालिटीका स्पोर्टस सुजहरुमा पनि बजार मुल्यभन्दा १ हजार रुपैया कम र एक्सचेन्ज गरेमा थप ५ सय रुपैया कम हुने उनी बताउँछन् ।

मेलामा पार्टीसुज, क्याजुवल सुज, स्पोर्टस् सुज, स्कुल सुज, अफिस सुज, स्टिल सुज, स्निकर र महिला र पुरुषहरुका लागि आवश्यक चप्पलहरु समेत पाईने आयोजकको दावी छ ।

सर्वसुलभ मुल्यमा सबैले जुत्ताचप्पल लगाउन पाउन् भन्ने उद्देश्यका साथ र उच्च गुणस्तरको जुत्ता नेपाली उपभोक्तालाई उपलब्ध गराउन र नेपाली जुत्ता पनि विदेशी जुत्ताभन्दा कम छैन भनी चिनाउँनलाइ मेला आयोजना गरेको आयोजक महतोले जानकारी दिए ।

आफ्नो उत्पादन बिचौलियाको हातमा नपारी सिधै ग्राहकसँग पु¥याउनका लागि मेला आयोजना गरेको बताउँदै आयोजक महतोले शान्तिनगरमा वृहत् रुपमा लागिरहेको जुत्ता एक्सचेन्स मेलालाई पनि पद्मोदय जुत्ता मेलालाई जस्तै माया गरिदिन आग्रह गरेका छन् ।

६ महिनाको वारेन्टी सहित एक्सचेन्ज अफर सुरु गरेको हुनाले सबै नयाँ पुराना उपभोक्ताहरुले आफूसँग भएका पुराना जुत्ता लिएर मेलामा आईदिन आयोजकको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *