सेञ्चुरी बैंकद्वारा अनाथ बालबालिकाहरुलाई सहयोग

news-details

सेञ्चुरी कमर्सियल बैंकले अनाथ बालबालिकारुलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’ संस्थालाई सहयोग गरेको हो ।

३५ जना अनाथ बालबालिकाहरु भएको संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९९ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १३३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *