‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा, १० करोड बजेट विनियोजन

news-details

‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।

विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् ।

पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको छ ।

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए ।

सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै बजेटमार्फत सरकारले पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा पर्छन् । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *