‘सरकारले युवाहरुलाई देशमै उद्यमशिल बनाउने वातावरण सृजना गर्नुपर्छ’-बैकुण्ठ दाहाल

news-details

यो देश कसलाई चाहिएको हो हाम्रो पुस्ता वुढ्यौलीतिर गयो । नयाँ पुस्ताको देशमा वस्ने सोच कसैको पनि छैन ।

भर्खरै ५४-५५ बर्ष तिर हिड्दै गर्नुभएका मेरा भान्दाइ रामचन्द्र भट्टले सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्नुभएको यो विचारलाई लिएर धेरैजसो फेसवुकका साथिहरुले पुराना राजनीतिक दलहरुमाथि कटाक्ष गरेको पाइयो ।

नगरुन् पनि किन देशमा बसौ-बसौ लाग्ने काम गरौं गरौं लाग्ने वातावरण नै छैन । जताततै नैराष्यता मात्रै छाएको छ । सक्नेले दिन दहाडै लुटिरहेका छन् । तिनै नेताका आडमा आम तमाम जनता लुटिईरहे छन् निम्छरा बनेर ।

सरकार नामको एउटा झुण्ड चोर, डाका, फटाह, दलाली तस्करलाई जोगाउन रातोदिन अन्धो बनेर लागिरहेछ । सरकारले आफ्नो उपस्थिति कही कतैपनि दर्विलो ढङ्गले देखाउन सकिरहेको छैन । जनतामा आशंकाका किरणहरु छर्न सकिरहेको छैन अनि कहाँ बस्छन् युवाहरु यो देशमा ।

१२ कक्षा पास गरेका युवाहरुको राहदानी बनाउन अड्डातिर बिहानै देखि तछाड र मछाड गरेर लाईनमा लडिरहेको दृस्य दिनहुँजसो देख्न सकिन्छ के यो अन्धो सरकारले त्यो दृस्य देखेको छैन । किन यो निर्लज्ज सरकारले बेरोजार युवालाई देख्दैन अनि किन यिनिहरुलाई आफ्नै देशमा गरिखाने वातावरण सिर्जना गर्दैन के उसको धन्दा भनेको नौजवान युवालाई खाडि मुलुकमा निर्यात गर्ने र आएको रेमिट्यान्समा रजगज गर्ने मात्रै हो र ?

देशको बागडोर सम्हालेका शासकले किन युवाहरूलाई आफ्नै देशमा रोक्न चाहिरहेका छैनन् ? यस विषमा गम्भीरतापूर्वक वहश हुनु जरुरि छ । के युवाले आफ्नै देशमा उद्यम गरि खान नपाउने हो र ?

अखिर सरकारले किन बेरोजगारी उत्पादन गर्ने कारखाना जस्तो शिक्षा निति तर्जुमा गरिरहेछ । किन गरिखाने शिक्षा निति बनाउन लाग्दैन ? देशमा सम्भावना भएका विविध जल, जङ्गल र जमिनलाई सरकारले बेवास्ता गरिरहेछ ।

किन सरकार दिनदिनै देश र जनताको माझमा अलोकप्रिय बन्दैछ ? यहाँनेर सरकारप्रति नै शङ्का बढ्दै गहिरहेको छ । आखिर सरकारले किन युवा जनशक्तिलाई आफ्नै देशमा रोक्न सकिरहेको छैन कि चाहेको छैन ।

यस विषयमा गम्भीरतापूर्वक वहश पैरवी हुनु जरुरि छ । युवालाई आफ्नै देशमा गरिखाने वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारसँगै हामी आम नागरिकको पनि हो । हामीले पनि सजग भएर यस विषयमा आआफ्नो स्थानबाट होस्टेमा हैसे गर्नु जरुरी छ ।

साथै सरकारले युवालाई लक्षितगरि बिभिन्न किसिमका कृषिमा आधारित लघु उद्मशिलता कार्यक्रम ल्याई उचित तालिमको व्यवस्थागरि बाँझिएर गएका खेतबारीमा खेती गर्ने वातावरण तय गर्ने हो भने पनि युवालाई आफ्नै देशमा रोक्न गाह्रो छैन । आगे सरकार कै मर्जि ।

 

लेखक बैकुण्ठ दाहाल राष्ट्रिय व्यापार संघका तृतीय उपाध्यक्ष हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *