सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस
- अशोज ११, २०८१
- 0
सर्वोच्च अदालतमा दुईजना न्यायाधीस सिफारिस भएका छन ।
आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूबाट २ जना सिफारिस गरेको हो । न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।
नेपाल बार एसोशियनको आन्दोलन चलिरहँदा परिषद्ले न्यायाधीसको नाम सिफारिस गरेको हो ।