वर्षा बाधक बन्दा नेपाल र ओमानबीचको खेल रद्द

news-details

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८ः४५ बनेदेखि सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भएको हो ।

नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो ।

लिग–२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ । नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो ।

नेपाल अंकतालिकाको सातौँ स्थानमा छ । नेपालको तीन अंकमात्र छ । छैटौँ स्थानको ओमानले सात खेलबाट ६ अंक जोडेको छ ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो । दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *