आइएमईबाट पैसा पठाएकी प्रमिलाले जितिन् १ करोड, ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक

news-details

जापानबाट आईएमईमार्फत रेमिट्यान्स गर्ने सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा आईएमईकी ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले लक्की ड्र छनोट गर्दा रोकाय भाग्यमानी विजेता बनेकी हुन् । रोकायाले जापानको क्योदाइबाट आईएमई मार्फत नेपाल रकम पठाएकी थिइन् ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही रोकायलाई बधाई ज्ञापन गर्दै आईएमई प्रति सेवाग्राहीहरूले गरेको विश्वास प्रति धन्यवाद दिए ।

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिट्यान्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सञ्चालन गरेको थियो ।

आईएमई एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम आईएमई गरी रकम पठाउने सेवाग्राहीहरू मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।

आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू योजनामा सहभागी थिए ।

‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक

आजै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम९रेमिटेन्समार्फत रकम पठाउन र रेमिटमार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ ।

यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ‍३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिकअप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गतेदेखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् । सँगै हरेक तीन तीन महिनामा बम्पर उपहारसमेत जित्न सक्नेछन् ।

यसैगरी, दसैं, तिहार तथा छठ पर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत  दैनिक पुरस्कारमा आइएमइको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन् भने  हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर, अथवा वासिंग मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरु हुनेछन् ।

यस्तै मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् ।  बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिकअप ट्रक प्राप्त गर्ने छन् । असोज देखि साउन महिनासम्म लागु हुने यस योजनामा तीन जना विजेताहरुले बम्पर पुरस्कार प्राप्त गर्नेछन् ।

नयाँ योजना सार्वजनिक गर्दै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको  मुख्य स्रोतको रूपमा रहेको रेमिट्यान्सलाई उद्यमशीलता अभियानसँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताए ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन र  सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *