रास्वपाले बोलायो आकस्मिक भेला, केन्द्रिय कार्यालयमा कार्यकर्ताहरुको भीड
- अशोज ६, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन् ।
यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।