पर्थको नेपाल फेस्टिवल सबैको साथ र सहयोगले भव्यरुपमा सम्पन्न भयो : शेखर घिमिरे

news-details

नेपाल बाहिर नेपाल चिनाउन गैरआवासीय नेपाली संघले आयोजना गर्ने नेपाल फेस्टिवल भर्खरै अष्ट्रेलियाको पर्थमा सम्पन्न भएको छ । पर्थको मध्य सहरमा रहेको सुप्रिम कोर्ट पार्कमा गत सेप्टेम्वर १४ तारिखमा सम्पन्न नेपाल फेस्टिवलमा झण्डै १० हजार नेपाली तथा विदेशी नागरिकको सहभागिता रहेको थियो ।

पश्चिम अष्ट्रेलियाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा.टोनी बुटीसहित स्थानीय जनप्रतिनिधिहरु उपस्थित रहेको फेस्टिवलमा नेपाली मात्र होइन विदेशी नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीसहित एनआरएनएका पदाधिकारीहरु उपस्थित रहेको मेलामा दोश्रो पुस्ताका नेपालीहरुको पनि सहभागिता रहेको थियो ।

नेपाल फेस्टिवलमा नेपाललाई झल्काउने नेपाल हाउस, परम्पराको प्रदर्शन, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, हिमाल लगायत राखिएका थिए । फेस्टिवलमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए ।

कार्यक्रममा सांगीतिक रुपमा एक्स व्याण्डको प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनी, स्थानीय कलाकारका विभिन्न जातिय तथा धार्मिक नृत्य तथा गायनले उपस्थित दर्शकलाई मनोरञ्जन दिएको थियो ।

नेपाल फेस्टिवल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गर्दा पर्थ शहर पट्काको आवाज र लाइटले उल्लासमय बनाएको थियो । एनआरएनए वेष्र्टन अष्ट्रेलियाले आयोजना गरेको फेस्टिवलमा विभिन्न संघसंस्था, जातिय समुह तथा क्लवहरुले सहकार्य गरेका थिए ।

पर्थमा पहिलो पटक १० हजारभन्दा बढि दर्शक उपस्थित गराएर मनाइएको नेपाल फेस्टिवल सम्पन्न भएपछि मुख्य आयोजक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेसँग रोजगार मञ्चले समग्र नेपाल फेस्टिवलका बारेमा गरेको कुराकानी :

नेपाल फेस्टिवल पर्थ सफलतापुर्वक सम्पन्न गरिरहदा तपाई आयोजकको नाताले कसरी समिक्षा गर्न चाहानुहुन्छ ?

नेपाल फेस्टिवलको समिक्षा गर्दा अहिलेको नेपाल फेस्टिवल एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भयो । धेरै कुराहरुले गर्दा यो फेस्टिवलले महत्वपूर्ण भुमिका पनि खेलेको छ । कम्युनिटी तथा स्थानीय सरकारको साथ, समर्थन र सहयोग रहनुका साथै नेपाल फेस्टिवलप्रतिको चासो, माया, सद्भाव, स्नेह आदिका कारण यस पटकको नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न भयो भन्नेमा म विश्वस्त छु ।

अब २ वर्षपछि हुने नेपाल फेस्टिवल अझ विशेष हुन्छ भन्ने कुरामा म कत्ति पनि शंका मान्दिन । नेपाल फेस्टिवल भनेको नेपालीको गौरव अनि शान हो, यसलाई इमानदारिताका साथ सबै लागेर भव्य बनाउँदै अगाडि लैजानुपर्छ ।

तपाईहरुले इतिहासमै पहिलोपटक धेरै दर्शक र अवलोकनकर्ताहरु भिजिट गराउन सफल हुनुभयो र पहिलोपटक आतिशबाजी पनि गराउन सफल हुनुभयो, यो कसरी सम्भव भयो ?

यो सबै सफल हुनुमा म लगायत मेरो सम्पुर्ण टिमको धेरै नै महत्वपूर्ण भुमिका छ । म मात्र नभएर सम्पुर्ण टिमहरु अहोरात्र खटेर उत्तिकै रुपमा लाग्नुभयो जसको परिणाम स्वरुप त्यो लेवलमा कार्यक्रम गर्न सफल भयौ । विगतका नेपाल फेस्टिवलहरु पर्थमा जत्ति पनि भए, ती आफैमा महत्वपुर्णं थिए । पहिलाका फेस्टिवलको पनि विशेष किसिमको चार्म थियो । समय बढ्दै जाँदा हाम्रो कम्युनिटी पनि हुर्कदै गयो । पछिल्लो २ वर्षमा पर्थमा हाम्रो जनसंख्या निकै नै बढेको छ र त्यसैले पनि फेस्टिबलमा संख्या बढ्न गयो । अहिले हाम्रो डायस्पोरामा जत्ति पनि नेपालीहरु छौ । वहाँहरुको उल्लेखनीय सहभागिताले गर्दा यो फेस्टिवल ऐतिहासिक बन्न सफल भयो । आतिशवाजी गर्ने कुरा त समयसँगै परिवर्तन हुने कुरा हो । पहिलाभन्दा फरक के गर्न सकिन्छ भनेर छलफल गर्दा फायर वर्कस गरेका हौ । अब २ वर्षपछि हुने नेपाल फेस्टिवल अझ विशेष हुन्छ भन्ने कुरामा म कत्ति पनि शंका मान्दिन । नेपाल फेस्टिवल भनेको नेपालीको गौरव अनि शान हो, यसलाई इमानदारिताका साथ सबै लागेर भव्य बनाउँदै अगाडि लैजानुपर्छ ।

तपाईहरुले फेस्टिवल गर्दैगर्दा स्थानीय सरकारका मन्त्रीदेखि एनआरएनए आइसिसिका पदाधिकारीहरु र अष्ट्रेलियाकै विभिन्न राज्यका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति थियो तर नेपाल सरकारको उपस्थिति रहेन किन ?

हो, नेपाल फेस्टिवलमा पाहुनाहरुको उपस्थितिले हामीलाई उत्साहित बनायो । पश्चिम अष्ट्रेलियाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा.टोनी बुटीसहित स्थानीय एमपी, प्रहरी प्रशासन र एनआरएनएको आइसीसीदेखि धेरै अग्रजहरुको उपस्थितिले हामी सफल भयौ भन्ने लाग्छ । नेपाल सरकारको तर्फबाट नेपाली दूतावास क्यानवेराबाट प्रतिनिधित्व गरेर आउनुभएको थियो । उहाँ नेपाल सरकारको प्रतिनिधि नै हो । नेपाल फेस्टिवल गर्दा हामीले नेपालीको साथसाथै यहाँको स्थानीय सरकार र यहाँका अरु समुदायका मानिसहरुलाई हामी को हौ, हाम्रो संख्या कति छ, हामीले के गरिरहेका छौ, हाम्रो कला संस्कृति कस्तो छ भनेर चिनाउनु र नेपालको पर्यटनमा योगदान पु¥याउनु नै मुख्य कुरा हो ।

म सर्वप्रथमत पश्चिम अष्ट्रेलियाको नेपाली समाजप्रति एकदमै कृतज्ञता व्यक्त गर्न चाहान्छु । म लगायत मेरो सम्पुर्ण टिमको तर्फबाट वहाँहरुलाई हृदयदेखि नै नमन गर्न चाहान्छु । जुन साथ र सहयोग, उत्साह, उमंग यो फेस्टिवलप्रति वहाँहरुले देखाउनुभयो त्यसले गर्दा नै यति भव्य रुपमा सम्पन्न गर्न हामी सफल भयौ ।

नेपाली समुदाय र नेपाल फेस्टिवलका बारेमा स्थानीय सरकारहरुको कस्तो प्रतिक्रिया पाउनुभयो ?

प्रतिक्रिया धेरै राम्रो छ । हामीले फेस्टिवल सकेपछि स्थानीय सरकारलाई फोटो तथा भिडियोसहित रिपोर्ट प्रस्तुत गर्ने छौ । मन्त्री टोनीले १० हजार डलर आर्थिक सहयोग गर्ने कार्यक्रममा नै घोषणा गर्नुभयो । हामीले जतिसक्दो आफ्नो साधन र स्रोतले भ्याएसम्म बेस्ट गर्ने प्रयास नै गर्छौ र यो नितान्त भोलेन्टरीले गर्ने काम हो । यसमा अझै विदेशीहरुको सहभागिता बढाउन सकिएको भए सुनमा सुगन्ध हुने थियो र भोलिका दिनमा नेपाली मुलका बाहेक अरु समाजका मानिसहरुको पनि सहभागिता बढाउन सकिन्थ्यो । आगामी दिनमा यसका लागि प्रयास हुनेछ र त्यो हामीले भोलिका दिनमा देख्न पाउँने छौ भन्ने कुरामा म आशावादी छु ।

नेपाल फेस्टिवल सम्पन्न गरिरहदाँ मुख्य आयोजकको नाताले तपाई सन्तुष्ट हुनुहुन्छ ? के भन्न चाहानुहुन्छ ?

म सर्वप्रथमत पश्चिम अष्ट्रेलियाको नेपाली समाजप्रति एकदमै कृतज्ञता व्यक्त गर्न चाहान्छु । म लगायत मेरो सम्पुर्ण टिमको तर्फबाट वहाँहरुलाई हृदयदेखि नै नमन गर्न चाहान्छु । जुन साथ र सहयोग, उत्साह, उमंग यो फेस्टिवलप्रति वहाँहरुले देखाउनुभयो त्यसले गर्दा नै यति भव्य रुपमा सम्पन्न गर्न हामी सफल भयौ । यो कार्यक्रम गरिरहँदा हामी टिमको साथीहरु त महिनौदेखि अहोरात्र खटिरहेकै हो त्यसको अलवा एनआरएनएका यो भन्दा अगाडिका अभियान्ताहरु, एड्भाइजर्सहरु, पास्ट कोर्डिनेटरहरु, त्यतिमात्र नभएर नेपाली समाजमा रहनुभएका व्यवसायीहरु र समाजका हरेक संघसंस्थाका प्रतिनिधिहरु सबैजनाले उत्तिकै रुपमा माया, साथ र सहयोग गरेकै कारणले नेपाल फेस्टिवल यसरी हामी सम्पन्न गर्न सफल भएका हौ । अझ कार्यक्रमका लागि स्पोन्सर गर्ने तथा प्रस्तुती दिनेहरुप्रति म हृदयदेखि नै कोटीकोटी नमन भन्न चाहान्छु ।

नेपाल फेस्टिवल एउटा ठूलो इभेन्ट हो, कतिपयले आयोजकप्रति दुखेसो पनि पोख्नु भएको छ, तपाई आयोजकको नाताले अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सामाजिक काम वा कार्यक्रम गर्दा आफ्नो समय निकालेर गर्ने हो । यसमा कसैले पैसा दिएर वा पैसा कमाउन गर्ने होइन । यो खालको कार्यक्रम गर्दा हिजोको दिनमा पनि केही त्रुटीहरु हुन्थे र आज हामीले गर्दापनि पक्कै भए होलान् त्यसलाई म नजरअन्दाज गर्न चाहन्न र भएन पनि म भन्न चाहन्न । हामीले जानेर वा नियतवश गल्ती गरेका छैनौ । हामी केही दिनमा यसबारे समिक्षा छलफल पनि गर्छौ । यो लेवलको कार्यक्र्रम गर्दा कही कतै त्रुटी भएर कसैको पनि चित्त दुखेको भए म सबैसमक्ष क्षमा माग्न चाहान्छु । म लगायत सम्पुर्ण टिमको तर्फबाट र भोलिको दिनमा आउँदै गर्ने नयाँ साथीहरुलाई अहिलेका गल्तीलाई सुधार्न वा अझ राम्रो गर्नका लागि विशेष ख्याल गर्नुहोला भनेर मैले ह्यान्डओभर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *