दुर्गा प्रसाईंसहित तीन जना विरूद्ध पक्राउ पुर्जी जारी

news-details

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्न आदेश र्दिपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएकामा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल रहेका छन ।

साइबर ब्यूरोमा उजुरी परेपछि त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *