कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

news-details

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन ।

आज कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन । एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । मत बिभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएनन । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए ।

माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिएका हुन ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *