राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघबीच पांचौ र छैठौं राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गर्नुभएको थियो ।

२०७६ र २०७७ सम्मको लागि २४ लाख रुपैंया प्रदान गर्ने गरि दुई वर्षको लागि भएको सो सम्झौता पछि राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडी च्द्यद्य(ल्ख्ब् नाम राख्नु पर्ने छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै आगामी दिनमा पनि मिलेर अगाडी बढ्ने बताउनुभयो । नेपाल भलिबल संघका अध्यक्ष शर्माले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट भलिबल खेलको थप बिकास र विस्तारमा सहयोग पुगेको बताउँनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र यादब, राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख एवं खेलकुद समितिका अध्यक्ष देबेन्द्ररमण खनाल, विभागीय प्रमुख सुनिता मानन्धर, कम्पनी सचिव भोलानाथ पौडेल, बैंक खेलकुद समितिका पदाधिकारीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *