राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीमा उपकार्यकारी अधिकृत रेग्मी
- भदौ २७, २०८१
- 0
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीमा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी नियुक्त भएका छन ।
बैंक व्यवस्थापन समितिको बैठकले उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको हो ।
बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।