गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई
- भदौ २१, २०८१
- 0
गृह सचिवको जिम्मेवारी गोकर्णमणी दुवाडीलाई दिइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत प्रमुख तथ्यांक अधिकारी दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिएको हो ।
गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि गृह सचिवको पद रिक्त भएको थियो ।