निर्वाचनमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पारित
- भदौ १६, २०८१
- 0
नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाएर एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्याउने निर्णय गरेको हो । महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव पेस गरेका थिए ।
बैठकमा उपसभापति र महामन्त्रीद्वयले राखेको नीतिगत, सांगठनिक र समयसामयिक प्रस्तावमा छलफल भएको थियो ।