पेरिस पाराओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

news-details

नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् ।

के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् ।

पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ ।

कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन् ।

पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिकमा सहभागिता जनाएको जनाएको ६ दशक सम्म पदक विहिनताको अवस्थालाई पलेशाले तोडेकी हुन् ।

उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *