वैदेशिक रोजगार विभागको महानिर्देशकमा खत्री नियुक्त
- भदौ २, २०८१
- 0

वैदेशिक रोजगार विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रमुख जिल्ला अधिकारीबाट खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो ।
आइतबार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न खटाएको हो । उनी हाल अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारी थिए ।
हाल विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा फर्किएका छन् । करिब ७ महिना विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि उनी मन्त्रालयमा फिर्ता भएका हुन् । उनी करिब ३ वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत छन् ।
0 प्रतिक्रिया
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]
नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण […]
आज चार संसदीय समितिको बैठक बस्दै

आइतबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक […]
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो । […]
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे […]