घट्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ
- साउन ३१, २०८१
- 0

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ ।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।
काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले सूचना मार्फत जानकारी दिएको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा परेको छ । लामिछानेले आफूलाई गैरकानुनी थुनामा […]
आन्दोलनले कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमूखिकरणमा गएनन् शिक्षक

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । […]
ताप्लेजुङ घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको […]
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]