अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न ‘नाडा अटो शो २०२४’ हुदै
- साउन ३०, २०८१
- 0
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिईएको हो ।
यस वर्ष, टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रुपमा रहेको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरु, १९ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछ । साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रुपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरु प्रदर्शन गर्नेछन् ।
शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ली टिकेटिङ पार्टनरको रूपमा रहनेछ । वल्र्ड लिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ, हिट्को प्रा.लि. ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षका लागि निगरानी गर्नेछ ।
टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ ।