विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या पनि उच्च छ : उपमेयर डङ्गोल

news-details

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘विदेशिने युवाहरुको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’
साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् ।

उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *