अब स्टन्टबाजी चल्दैन, जनताले डेलिभरीको राजनीति खोजिरहेका छन् : रविन्द्र श्रेष्ठ (भिडियोसहित)

news-details

पुर्व उपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु भएको छ । वैचारिक क्रान्ति भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले आफ्नो संगठन विस्तारलाई तिब्रता दिइरहेको छ । विगतका विद्रोह तथा आन्दोलनले सीमित व्यक्तिलाई लाभ पु¥याए पनि आम नेपाली माझ अझै परिवर्तन नआएकाले मुक्ति क्रान्ति आवश्यक भएको बताइएको छ । विगतका आन्दोलन सफल नहुनुको कारण वैचारिक तथा सैद्धान्तिक तयारीको अभाव भएकाले राष्ट्रिय मुक्ति क्रान्तिले वैचारिक क्रान्तिसहित सामुदायिक समाजवादका लागि तयारी गरिरहेको जनाइएको छ । विचारले परिपक्व नभएसम्म कुनै पनि आन्दोलन सफल हुँदैन भन्दै संगठन निर्माणका लागि आन्तरिक एवम् बाह्य गृहकार्य भइरहेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिको बलमा नेपाललाई वहुलराष्ट्रिय राज्य संरचनाको सामुदायिक समाजवादी व्यवस्थामा रुपान्तरण गराउने भएकाले अहिले देशका नेतृत्वकर्ता नवउदारवादका नाइके कांग्रेस र नवदलाल कम्युनिस्टकै पछाडि बिना अर्थ कुदिरहेकोले उनीहरुलाई आफ्नोतिर फर्काउने क्रान्तिको लक्ष्य छ ।

राष्ट्रिय मुक्ति क्रान्तिले आफ्नो संगठन विस्तारका लागि विभिन्न ब्युरो बनाएको छ । उपत्यका व्युरो अर्थात स्वनिगः विशेष व्युरोका संयोजक रविन्द्र श्रेष्ठसँग राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता, गतिविधि तथा भावी योजनाका विषयमा रोजगार मञ्चले गरेको कुराकानी :

तपाईहरु राष्ट्रिय मुक्ति क्रान्तिको अभियान भन्दै यतिवेला अगाडि बढ्नु भएको छ, अब फेरि देशमा क्रान्ति किन आवश्यक पर्यो ?

राष्ट्रिय मुक्ति क्रान्ति भनेको एउटा बिचार हो । यो सुन्दा र देख्दा क्रान्ति जस्तो लागेता पनि विचार हो । नेपाल ७०–८० वर्षदेखि पश्चिमाहरुको विचारबाट गाइडेड भएर चल्यो । पूँजीवाद, माक्सवाद भन्दै अहिलेसम्म चलिरहेको छ । सत्ता पनि नियमित ६०–७० वर्षदेखि उनीहरुको हातमा देखिन्छ । हाम्रो जस्तो देश जुन विविधताले भरिपूर्ण छ, बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधता छ । यस्तो देश नेपालमा पश्चिमाहरुको विचारले काम नगरेको अवस्था छ । हाम्रो मुलुकमा मात्रै नभएर विश्वभर तर अहिले पूँजीवाद र वैज्ञानिकवाद असफलको दिशातिर लागिरहेको अवस्था छ । नेपाल पनि त्यो विचारबाट अछुत छैन । अहिले पनि पूँजीवाद र बैज्ञानिक समाजवादको लडाईले देशलाई ग्रसित बनाएको अवस्था छ ।

त्यसकारण राष्ट्रिय मुक्ति क्रान्तिले फरक वैचारिकताका साथ अभियान सुरु गरेको छ । कहिले पूँजीवादीको हातमा मुलुक गएको छ त कहिले वैज्ञानिकहरुको हातमा गएको छ । अहिले त झन विश्वमा काँहि पनि नभएको पूँजीवादी र माक्सिस्टहरुले मिलेर सरकार चलाइरहेको अवस्था छ । तर डेलीभर गर्ने सवालमा नत नागरिकले अधिकार पाएको अवस्था छ नत युवाहरु सुरक्षित भएको अवस्था छ । न राष्ट्रिय स्वाधिनता जोगिएको अवस्था छ । यिनै विविध खतराहरुबाट मुक्ति गर्नको लागि हामीले नेपालको परिप्रेक्षमा वैचारिक सैद्धान्तिक तयारी गरेका छौ । जसलाई हामीले स्वदेशवाद भनेका छौ । अव पुँजीवाद र बैज्ञानिक समाजवादबाट केही हुँदैन । त्यसकारण राज्यले लिनुपर्ने सैद्धान्तिक वैचारिक लाइन स्वदेशवाद हो भनेर राष्ट्रिय मुक्ति क्रान्तिले भनेको छ । यो मुलुकको शासन प्रणाली बहुराष्ट्रिय राज्य बनाउँनुपर्छ भनेर हाम्रो अभियानले भनेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले सामुदायिक समाजवाद भनेको छ ।

समग्रमा भन्नु पर्दा राष्ट्रिय मुक्ति क्रान्ति नेपालको वैचारिक सैद्धान्तिक स्वदेशवाद स्थापना गराउन आएको हो । नेपालको शासन प्रणालीमा बहुर्राष्ट्रिय राष्ट्र स्थापना गर्न आएको हो । र, राजनितिक अर्थतन्त्रमा सामुदायिक समाजवाद लागू गराउने भनेर हामीले क्रान्ति सुरु गरेका हौ ।

तपाईहरुले यो अभियान चलाइरहँदा पछिल्लो समय स्वतन्त्र रुपमा आएका केही दलहरु राज्य सत्तामा पुगिसकेको अवस्था पनि छ, उनीहरु पनि फेलियर भए त ?

हामीले दल र व्यक्तिभन्दा पनि नयाँ भनिएका दलहरुले के वैचारिक सिद्धान्त बोकेका छन् त भन्ने कुरा प्रमुख रुपमा हेर्छौ । राष्ट्रिय स्वतन्त्र पार्टी आयो तर वहाँहरुले बोकेको बिचार पनि पश्चिमा बिचार हो । त्यो पनि पूँजीवादकै सेरोफेरोमा छ । यो विश्वमा फेल भइसकेको विचार हो । त्यसकारण नयाँ खालको पार्टी नेपालमा जन्मिएको छैन । धार्मिक एजेण्डा बनाएर सानोतिनो पार्टीहरु पनि आएका छन् । विशेषगरि नेपालमा ४ प्रकारका पार्टीहरु छन् । एउटा पुँजीवादी, अर्को माक्र्सवादी, एउटा धर्मको एजेण्डा बनाएको पार्टी र केही क्षेत्रीय पार्टी छन् । यो चारैथरि बैचारिकता बोकेको पार्टीहरुले यो देशलाई निकास दिन सक्दैन ।

हामीले हाम्रो पितापुर्खाको ज्ञान, हाम्रो माटो, सीप, सभ्यताहरु, हाम्रो संस्कृति सम्पदाहरुबाट ज्ञान उत्पादन गरेर स्वदेशवादले मात्रै यो देश मुक्त हुन्छ भनेर अहिले हामी नयाँ धारबाट राजनीतिक सुरु गर्दै छौ ।

सवै दलले देश बनाउँछौ, समृद्ध बनाउँछौ भन्ने सपना त बेचेका छन्, अनि तपाईहरुलाई चै विश्वास गर्ने आधार के छ ?

नेपालमा आधुनिकताको नाममा विकास भन्दै विनास भइरहेको छ । यो विकास नै होइन । उत्पादनशील भूमीलाई अनुत्पादनशील बनाउनु कदापी विकास होइन । विकास भनेको अनुत्पादनशील चिजलाई उत्पादनशील बनाउँनु हो । विकास गर्दा केही आधारभूत कुराहरुलाई मान्नुपर्छ । त्यो मानिएको अवस्था छैन । प्राकृतिक सन्तुलन बिगारेर गरिएको विकासलाई विकास मानिदैन, विनास हो । कसैको मौलिकतामाथि धावा बोलेर गरिएको विकास विकास हुँदैन । जुन विकासले युवाहरु बेरोजगार हुन्छन् जसले युवाहरुले स्थान पाउँदैनन् त्यो विकास होइन । आजभन्दा ४० वर्षअघिको उपत्यका र अहिलेको उपत्यकामा हेर्नुहोस् विकास कि विनास भइरहेको छ । सम्पदा, संस्कृतिहरु के भइरहेको छ । विश्वमा देखाउँने अरु के सम्पदाहरु छन् ?

अर्को समृद्धि भनिएको छ, खोई सम्बृद्धि ? समृद्धिको लागि सबैभन्दा ठूलो कुरा स्रोत साधन र श्रम हो । यो देशमा समृद्धि छ्रैन । श्रमको सम्मान छैन, यहाँ श्रम अपमानित छ । र, श्रम अपमानित भएको देशमा कहिल्यै पनि समृद्धि आउन सक्दैन । श्रमिक नभएको देश र श्रमको अपमान भएको देशमा समृद्धिको कल्पनै गर्न सकिदैन । ठूलठूला भवन मात्रै समृद्धि हो र ? समृद्धि भनेको के हो यो बहसको विषय बन्नुपर्छ । हाम्रो नेताहरुले जुन पश्चिमाको मोडल नक्कल गरे त्यही गल्ती भएको छ । यो देश १४२ वटा जातजातीको राष्ट्रियता भएको देश हो । सबै जातिको संस्कृति जोगाउनु विकास हो । सबैको मौलिकता जोगाउनु विकास हो । सबै जातिलाई अधिकार सम्पन्न गराउनु विकास हो । विकास र आधुनकिताको नाममा नेपालको ओर्जिनालिटी मासिएको छ । हाम्रो पहिचान, अस्तित्व र संस्कृति सबै मासेर विकास गर्न खोजेर विकास हुँदैन । त्यो विनास हुन्छ । त्यही भएर हामीले भनेको विकास र समृद्धि अलि फरक छ ।

आज दैनिक हजारौ युवाहरु देश छोडिरहेका छन्, नेपालमा केही भएन भन्ने भाष्य बनिरहेको छ, युवा लक्षित कार्यक्रम के छन् तपाईहरुसँग ?

अहिले मुलुक दलाल र पूँजीवादी व्यवस्थाबाट चलेको छ । जहाँ उत्पादन शुन्य छ । मुलुकमा केही उत्पादन छैन । यहाँको कृषिमन्त्री कृषि उत्पादन बढाउन होइन कृषि उत्पादन होला कि भनेर डराएर बसेको छ । उसको ड्युटी भनेको यहाँ उत्पादन हुन नदिनु हो । उद्योगमन्त्रीको काम यहाँ उद्योग स्थापना हुन नदिनु हो । गृहमन्त्री ल्याउदाँ कुन चाँहि फाइल नखोल्ने भन्ने सर्तमा ल्याइन्छ । यो खालको अवस्था छ नेपालको । यसबाट हामीले जुन खालको कल्पना गरेका छौ त्यो सब भ्रम हो ।

कुनै एउटा व्यक्तिले कसैको स्रोत साधन दोहन गरेर अथाह कमाउने तथा निश्चित कम्पनीले मात्र फाइदा लाने अर्थतन्त्र हामी स्वीर्कादैनौ । त्यसकारण सबै युवाहरुले नेपालमै कसरी रोजगार पाउँछन् त भन्ने कुरामा हाम्रो जोड हो । अथाह सम्भावना नै सम्भावना भएको देश हो हाम्रो । तर यहाँ संभावना खोज्न कुनै रिसर्च गरिएको छैन । रिसर्च गर्ने हो भने त्यसमा समेत भ्रष्टाचार हुन्छ । युवाहरुको लागि अवसर भनेर छुट्याईएको बजेटमा समेत भ्रष्टाचार हुन्छ । त्यसरी कसरी बन्छ देश ?

हामीले यहाँबाट एक्सपोर्ट गर्न सक्ने थुप्रै प्रडक्टहरु छन् । त्यसमा गम्भीर रुपमा काम नै भइरहेको छैन । कृषिमा अथाह सम्भावना छ तर सरकार के हेरेर बसेको छ ? हामीसँग भूमि प्रशस्त छ त्यसको लागि कृषकलाई बिउ बिजन दिउँ, मल दिउँ, इन्स्युरेन्स गरि दिउँ, बजारको व्यवस्थापन गरिदिउँ अनि को युवा यहाँ बेरोजगार हुनुपर्छ ? यहाँको जमिनलाई सरकारी मोडलमा लानुप¥यो । बिउँ बिजन मल सरकारले दिनुप¥र्यो । प्राकृतिक विपत्तिको क्षतीको बिमा गरिदिनप¥यो । र त्यो उत्पादन किनिदिने सरकारले ग्यारेन्टी गरिदिए कुन युवा बिदेश जान्छ ? कोही युवा बिदेश जानु पर्दैन ।

अनि पर्यटनको क्षेत्रमा अथाह सम्भावना छ । साना उद्योगहरुको पनि अथाह सम्भावना छ । तर भ्रष्ट नेताहरुका कारणले देश बिग्रिरहेको छ र लाखौं युवाहरु बिदेशिन बाध्य छन् । देशलाई कायाँपलट गर्छु र बैज्ञानिक समाजवाद लागू गर्छु भनेर जनयुद्ध लडेर आएको माओवादी पार्टीसमेत समाजवादमा फस्यो । जबसम्म दलाल पूँजीवादलाई अंगिकार गरिन्छ तबसम्म देश बन्दैन ।

नेपालमा १४२ जातजातिहरु छन् । अधिकांश जातजातिहरु उत्पीडनमा छन् । यहाँ ब्राम्हणले ब्राम्हणलाई उत्पीडामा राखेको छ । बाहुन आफै सत्तामा भएपनि त्यही समाजका ब्राम्हणहरु पीडामा परेका छन् । यहाँ क्षेत्रीहरुको नाम नै हराउँन लागेको छ । हाम्रो भाषा संस्कृति खोई ? नेपाल दर्ता गर्दा नै रञ्जना लिपीले दर्ता गरिएको छ तर हामीलाई सम्मान छैन । हाम्रो धर्मसंस्कृतिलाई सम्मान छैन ।

 


नेपाली जनता आन्दोलन, क्रान्तिबाट आजित भएका छन्, अव फेरि क्रान्ति भन्नुहुन्छ, तपाईहरुको के एजेन्डा छ, ताकी तपाईहरुलाई विश्वास गर्ने ?

हो, नयाँ यो हुन्छ भन्ने होइन, हामीसँग जे छ त्यसलाई मिलाएर एक ठाउँमा ल्याउने हो । यो राज्य एकल राज्य भयो । एउटा निश्चित जात, निश्चित व्यक्तिहरुले मात्रै यो देशलाई हाली मुहाली गरिरहेको अवस्था छ । अहिले पनि नेपाल करिब ५० जनाको हातमा होला । के राजनितिज्ञ, के व्यापारी, के पत्रकार हाम्रो एजेण्डा नै यसलाई साझा बनाउने हो । एकल राष्ट्रबाट बहुराष्ट्र बनाउने हो । जब सबैले आफ्नो राज्यत्वको अनुभव गर्छ तब देश बन्छ । हामीलाई अनागरिक जस्तो बनाएर राखेको छ । म उपत्यकाको नेवार हुँ तर राज्यले लामो समयदेखि मलाई अनागरिक बनाएर राखेको छ ।

म गुठी आन्दोलनदेखि उपत्यकाको आन्दोलनमा सरिक भएको व्यक्ति हो । बालाजु बाइपासमा म ७ वर्ष लडे । राज्यले बिना क्षतिपूर्ति बिना मुआब्जा सडक बिस्तार ग¥यो । यो जातियवाद नभएर के हो ? अनि कहाँ छ हाम्रो राज्य खोई हाम्रो राज्य ?

बालाजु बाइपासको क्षेत्रमा मुद्धा परेर स्टे अर्डर थियो । तर सर्वोच्च अदालतको स्टे अर्डर पनि मानिएन । अनि हामीले यो राज्यलाई किन मान्नुप¥र्यो । यो गुण्डाहरुको राज्य हो । पुलिसले आफ्नो धर्म निभाउन सकेन । जे कुराको कसम खाएर आएको त्यो गर्न सकेन । जनताको जिउँधनको रक्षा गर्न सकेन । दलाल नेताहरुको आडमा आएर जनतालाई कुटपिट गर्ने, उल्टै जेलमा ल्याएर हाल्ने काम ग¥यो । सर्वोच्च अदालतको आदेश किन नमानेको ? कि त सर्वोच्च अदालत खारेज गरिदिनप¥यो । यस्तो राज्यबाट को खुशी हुन्छ । जब सबै नेपालीले आफ्नो राज्यत्वको अनुभव गर्छ तबमात्र सबै नेपाली खुशी हुन्छन् र बुझ्छन् यो राष्ट्रिय मुक्ति क्रान्ति के हो भनेर । यो सबै जातजातिहरुको साझा देश हो । राष्ट्रिय मुक्ति क्रान्ति यही मार्गमा छ ।

हामी झुटो आश्वासन दिएर आउँदैनौ । बालेन, रबिले जस्तो पपुलारिटीले मात्र काम गर्दैन । हामीले नेपाल के हो राम्रोसँग बुझेका छौ । नेपाललाई कहाँ पु¥याउने भन्ने राम्रो भिजन हामीसँग छ । नेपाल बनाउनलाई सर्वप्रथम नेपाललाई बुझ्नुपर्छ । अहिलेका नेताहरुले नेपाललाई बुझेनन्, नेपालीलाई बुझेनन्, दाइजोमा आएको देशजस्तो गरे । यो हाम्रो पितापुर्खाले धेरै संघर्ष गरेर बनाएको देश हो ।

३०–४० वर्ष अघिसम्म काठमाडौं आत्मनिर्भर उपत्यका थियो । रोजगारी नभएको कही थिएन । समृद्ध उपत्यकालाई आज के गरियो ? आज नेपाल नै ठिक ठाउँमा गइरहेको छैन । राष्ट्रिय मुक्ति क्रान्तिलाई रोकियो भने बंगलादेशको राष्ट्रपति शेख हसिना लेखेटिए जसरी हामी लखेट्छौ । यो नजिक आउँदै छ ।

नेपालको ४० बिलियन इकोनोमीलाई सय बिलियन पु¥याउने कसैको हैसियत छ ? तर रााष्ट्रिय मुक्ति क्रान्तिसँग त्यो क्षमता छ । यो आन्दोलनमा हामी दु्रत गतिमा बढिरहेका छौ । यसलाई छिटोभन्दा छिटो सफल बनाउनु छ । र राष्ट्रको अर्थतन्त्रलाई सय मिलियन बनाउने हाम्रो योजना छ ।

तपाईले जोडेजस्तै बंगलादेशको घटनालाई तपाईहरुले कसरी लिनु भएको छ ?

हाम्रो बस्तुगत आधार अलि फरक छ । बंगलादेशमा बंगालीहरु मिलेर एकभाषी देश बनाएको हो । त्यहाँ समानता जस्तो देखिन्छ तर हाम्रो यहाँ विविधता छ त्यसकारण त्यसरी उठिहाल्ने सम्भावना म कम देख्छु । तर सत्ताको जुन भ्रष्ट चरित्र छ त्यो बंगलादेशभन्दा कम छैन । त्यहाँ राष्ट्रिय एकताका कुरा गर्छन् तर यहाँ अनेकता चाँहि छ ।

तपाईहरुको क्रान्तिले सामुदायिक समाजवाद स्थापनाका लागि सबै जातजाति धर्म संस्कृतिलाई समेटेर काम गर्न लागेको भन्नु हुन्छ, कसरी संभव छ ?

नेपालमा १४२ जातजातिहरु छन् । अधिकांश जातजातिहरु उत्पीडनमा छन् । यहाँ ब्राम्हणले ब्राम्हणलाई उत्पीडामा राखेको छ । बाहुन आफै सत्तामा भएपनि त्यही समाजका ब्राम्हणहरु पीडामा परेका छन् । यहाँ क्षेत्रीहरुको नाम नै हराउँन लागेको छ । हाम्रो भाषा संस्कृति खोई ? नेपाल दर्ता गर्दा नै रञ्जना लिपीले दर्ता गरिएको छ तर हामीलाई सम्मान छैन । हाम्रो धर्मसंस्कृतिलाई सम्मान छैन । आज कही पढाई नै हुँदैन । यो खालको विभेद छ । यसलाई सबै जातजातिको साझा देश बनाउनुपर्छ ।

तपाईहरुको राष्ट्रिय मुक्ति क्रान्तिले कसरी काम गरिरहेको छ ?

यहाँ राष्ट्रिय सभालाई आफ्नो पेवा बनाइएको छ । नेपालका सबै जातजातिलाई समेटेर जाने राष्ट्रिय सभा हुाुपर्छ भन्ने हाम्रो मान्यता छ । हामी सबै जातजातिका छुट्टा छुट्टै परिषद् बनाउँने छौ । त्यहाँ बाट आएको एकएक जना प्रतिनिधि राष्ट्रिय सभामा समावेश गर्नेछौ । आफ्ना नातेदार थुपार्ने सभालाई राष्ट्रिय सभा मान्न हामी तयार छैनौ । अब राष्ट्रिय मुक्ति क्रान्तिले समानान्तर संसदको अभ्यास गर्छ र जनताले पनि त्यो बुझ्नेछन । अब स्टन्टबाजी चल्दैन, जनताले डेलिभरीको राजनिति हेर्छ । कुन पार्टीले के ग¥यो त्यो जनताले हेर्ने दिन आएको छ ।

देशको उपप्रधामन्त्रीसम्म भइसक्नुभएका राजेन्द्र महतो राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक हुनुहुन्छ, उहाँ तराईबाट प्रतिनिधित्व गर्नुहुन्छ अनि उहाँको नेतृत्वप्रति कत्तिको आशावादी बन्न सकिन्छ ?

हामी परम्परागत राजनीतिबाट अघाएका छौ । हाम्रो नेतृत्व सामुहिक हुन्छ । राजेन्द्र महतोले संयोजन गर्ने हो किनभने उहाँ अनुभवी हुनुहुन्छ । उहाँले ३०–३५ वर्षको राजनीतिमा पश्चिमा विकास बोकेर राजनीति गरेको होइन । पूँजीवादी विकास बोकेर पनि राजनीति गरेको होइन । र बन्दुक बोकेर गरेको राजनीति पनि होइन । उहाँ पहिचानको राजनीति गरेको व्यक्ति हो । जुन नेपालको लागि ठिक थियो र साझा देश बनाउने राम्रो एजेण्डा थियो । हाम्रो सामूहिक नेतृत्व हो । विचार पनि स्वदेशवाद हो । उपत्यकाको लागि नेवाको जुन ज्ञान सत्ता थियो त्यो भन्दा उत्कृष्ट ज्ञानसत्ता माक्सले बनाइदिएको हुन सक्दैन । मधेशको लागि मधेशी जनताले बनाएको ज्ञानभन्दा राम्रो अरु हुन सक्दैन र पहाडियाले बनाएको ज्ञानभन्दा राम्रो पहाडका लागि अरु हुन सक्दैन । तर यहाँ पश्चिमा विकास लादियो ।

नेपाल यस्तो देश भयो कि सुन्दर देश भएर पनि राजनैतिक कारणले खराब भयो । देश झन् झन् गरिब हुँदै गइरहेको छ । छिमेकी देशहरु तीब्र रुपमा विकासमा अघि बढिरहेको छ तर नेपाल गरिबीमा छ । नेपालको ४० बिलियन इकोनोमीलाई सय बिलियन पु¥याउने कसैको हैसियत छ ? तर रााष्ट्रिय मुक्ति क्रान्तिसँग त्यो क्षमता छ । यो आन्दोलनमा हामी दु्रत गतिमा बढिरहेका छौ । यसलाई छिटोभन्दा छिटो सफल बनाउनु छ । र राष्ट्रको अर्थतन्त्रलाई सय मिलियन बनाउने हाम्रो योजना छ ।

नयाँ बनेका पार्टीका पनि पुरानै विचार भएका कारणले अबको विकल्प सबैको साझा नेपाल बनाउने, समृद्ध नेपाल बनाउने हो । हाम्रो धर्म, संस्कृति, सम्पदा, भूमी सबै जोगाउने हो भने राष्ट्रिय मुक्ति क्रान्तिको विकल्प छैन भन्न चाहान्छु ।

तपाईहरु पनि देश बनाउने भन्नुहुन्छ, यो क्रान्ति कसरी बढ्छ त ?

हामी निरन्तर अभियानमै छौ । हामीले भद्रकाली अगाडि संघर्ष ग¥यौ तर सरकारले रोक लगायो । संघर्ष र बिद्रोहको भाषा मात्र बुझ्छ सरकार । यो राज्य शान्तिको भाषा बुझ्दै बुझ्दैन । यो सरकारले कुन भ्रष्टाचारको फाइल खोल्यो ? यो देशमा दुश्मनीको राजनिति गर्ने हो ? त्यस कारण यो राजनीति बिद्रोह गर्न मात्र लायक छ । हामी बिद्रोहको तयारीमा छौ ।

तपाईहरुको कस्तो बिद्रोह ? हातहतियारसहित हुन्छ ?

अरुको सत्ता लुट्ने हो भने हतियार चाहिने हो । प्रचण्डलाई सबै सत्ता फालेर आफै राजा बन्नु थियो । सबैको अधिकार खोस्नु थियो । र उहाँलाई बन्दुक बोक्नु थियो तर हामी बन्दुक बोक्दैनौ । हामी उत्पीडित राष्ट्रका जनताहरुले जबसम्म हाम्रो संस्कृति छोड्दैनौ तबसम्म हामी हार्दैनौ । जुन दिन हामी हाम्रो भाषा संस्कृति छोडेर पश्चिमा जस्तो हुन्छौ त्यो दिन हामी सिद्धिन्छौ । हामीले हाम्रो सांस्कृतिक र ज्ञान प्रणालीको सत्ता ब्युझाउने हो । र, समानान्तर लाने हो यसको लागि हामीले बन्दुक बोक्नुपर्दैन । हाम्रो बिद्रोह भनेको बैचारिक बिद्रोह हो । हतियारसहितको बिद्रोह हैन ।

तपाई उपत्यका ब्युरो प्रमुख हुनुहुन्छ, त्यसो भए अहिले के के गरिरहनु भएको छ ?

अहिले उपत्यका ब्युरो चार तयारीमा काम गर्दै छ । पहिलो तयारी बैचारिक सैद्धान्तिक तयारी हो । स्वदेशवाद, बहुराष्ट्रिय सामुदायिक समाजवाद बनाउने भनेर हामीले बैचारिक सैद्धान्तिक तयारी गरेका छौ । दोस्रो तयारी भनेको राजनैतिक र कुटनैतिक तयारी हो । यसको लागि यो फेज पनि पार गरिसक्यौ । अब हामी आर्थिक भौतिक तयारी र देशैभर संगठनको तयारीका लागि मोडालिटी बनाइरहेका छौं । कुटनीतिक रुपमा छिमेकी राष्ट्रसँग सल्लाह गर्छौ । आर्थिक भौतिक रुपमा हाम्रो आफ्नै अर्थतन्त्र बनाउँने संघर्ष र संगठनको चरणमा काम गर्दै छौ । र अहिले हामी अन्तिम चरणको कामहरु गर्दैछौ । आन्तरिक रुपमा कामहरु गरिरहेका छौ । अब हामी संगठनको लागि फिल्ड जाँदैछौ । हरेक भ्रष्टहरु यही केन्द्रमा छन् । वहाँहरुको नेचरमा हामीले हस्तक्षेप गर्नुछ । हाम्रो सत्ता तत्काल आयो भने यी भ्रष्टहरु जोगिनेवाला छैनन् । कोही पनि जोगिने छैनन् ।

उपत्यका तपोभुमी थियो आज भ्रष्टहरुका कारणले भ्रष्टभूमी भएको छ । आज गन्हाउन थालेको छ । उपत्यकाको संस्कृति विश्वले चिनेको छ । विश्वमा चिनिएका अद्धितिय सम्पदाहरु छ, जसको दोहन भइरहेको छ । सबै सभ्यताहरु व्यापारीका कब्जामा भए । यसको जिम्मा राष्ट्रिय क्रान्ति मुक्ति पार्टीले लिन्छ अब ।

अहिले हामीले आर्थिक पाटोको लागि उपत्यकामा सहकारी र निगमको योजना ल्याएको छौ । उपत्यकाको थुप्रै ठाउँमा सहकारीहरु सुरु गर्दैछौ । अन्य ठाउँका नेताहरुले आफ्नो–आफ्नो ठाउँमा प्रााक्टिस गरिरहेका छन् ।

तपाईहरुको अभियानमा जोडिन चाहनेहरुका लागि के आग्रह छ ?

नेपाल लामो समयदेखि जुन विचारमा चल्यो नेपाल त्यो बिचारबाट अलग हुने छैन । म सम्पुर्ण नेपाली नागरिकहरुलाई के अपिल गर्छु भने हामीले हाम्रो देश बनाउने हो भने बिचार बदल्नुपर्छ । हाम्रो सीप, सभ्यता, ज्ञान तथा संस्कृतिबाट मात्र नेपाल बन्छ भन्ने हाम्रो मुल मान्यता हो । अहिले नेपाली समाजमा आएको विभेदहरु अनि युवाहरुमा आएको वितृष्णाबाट जोगाउन राष्ट्रिय मुक्ति क्रान्तिको बिकल्पै छैन । नयाँ बनेका पार्टीका पनि पुरानै विचार भएका कारणले अबको विकल्प सबैको साझा नेपाल बनाउने, समृद्ध नेपाल बनाउने हो । हाम्रो धर्म, संस्कृति, सम्पदा, भूमी सबै जोगाउने हो भने राष्ट्रिय मुक्ति क्रान्तिको विकल्प छैन भन्न चाहान्छु । यो सम्बन्धि छलफल गर्न हामी २४ सै घण्टा खुल्ला छौ । अहिलेलाई हामीले अस्थायी कार्यालय शंखमुलमा राखेका छौ । राष्ट्रिय मुक्ति क्रान्तिको यो देशमा विकल्प छैन । त्यसकारण यसमा जोडिऔ, देशलाई माया गर्नेहरु एक ढिक्का भएर देश जोगाउने जिम्मा हाम्रो काँधमा आएको छ, यो दायित्वलाई सबै मिलेर पुरा गरौं ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *