डेडिकेटेड तथा ट्रंकलाइन विवाद : प्राधिकरणले लेखा समितिलाई बुझायो ३७ वटा पोकामा बिलको विवरण
- साउन २४, २०८१
- 0
नेपाल विद्युत् प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम्स अफ डे (टीओडी) बिल बुझाएको छ। समितिकोे निर्देशनअनुसार प्राधिकरणले लोडसेडिङका बेला उद्योेगले प्रयोग गरेको टीओडी मिटरको तथ्यांक मागे गरेअनुसार बुझाएको हो।
संसदका प्रवक्तासमेत रहेका लेखा समितिका सचिव एकराम गिरीका अनुसार प्राधिकरणले ३७ वटा पोकामा विवरण पेश गरेको छ।
प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्ने विषयमा विवाद छ । प्राधिकरणले बक्यौता तिर्नुपर्ने बताउँदै आएको छ भने उद्योगी नतिर्ने अडानमा छन् । अघिल्लोेपटक नै लेखा समितिले ८ बुँदे निर्देशन दिँदै बक्यौता उठाउन भनिसकेको अवस्था लेखा समितिले प्राधिकरण र व्यवसायीलाई राखेर छलफल गरेको थियो।
छलफलका क्रममा व्यवसायीले आफूहरुमाथि प्रयोग नै नगरेको बक्यौता तिर्न भनेको र टिओडी बिल दिए तिर्न तयार रहेको बताएपछि समितिले प्राधिकरणसँग साउन १८ गते उक्त विवरण पेश गर्न भनेको थियो।