ताप्लेजुङ दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बिमा बापत ५ लाख रुपैँया

news-details

ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैँया प्रदान गरेको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैँयाको चेक हस्तारन्तरण गर्नुभएको हो । मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बिमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

मेगा बैंकबाट रकम बुझेपछि स्वर्गीय घिमिरेकी पत्नी शिलुले ग्राहक वर्गको सुरक्षाका साथै अभिभावकत्व ग्रहण गरिदिएको भन्दै मेगा बैंकलाई धन्यवाद दिनुभयो ।

न्यूनतम एक सय रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्मचारी बचत खाता’मा बैंकले हरेक खातावालाको ५ लाख रुपैँयाको दुर्घटना बिमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ योजना ल्याएको छ । जसमा एक लाख रुपैँयाको मेडिकल इन्स्योरेन्स र ७ लाख रुपैँयाको दुर्घटना बिमा गरिएको उहाँले जानकारी गराउनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *