बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन
- साउन २३, २०८१
- 0

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् ।
मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो ।
यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए ।
८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।
0 प्रतिक्रिया
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : सरकार र मदरल्याण्ड ग्रुपबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी

काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा सरकार र मदरल्याण्ड ग्रुप अफ कम्पनीबीच सीपमूलक तालिम प्रदानका लागि समझदारी पत्रमा […]
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजावादीको काउन्टरका रूपमा समाजवादी मार्चाले प्रदर्शन गर्न लागेको […]
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि […]
‘वर्तमान सरकार आएर जनताहरुमा असन्तुष्ट पैदा भएको भन्ने कुरामा सत्यता छैन्’ : गगन थापा

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । […]
शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु

नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ । मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको […]