हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा निगरानी
- साउन २२, २०८१
- 0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमा नियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ ।
मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिक गर्दै हैजा प्रभावित क्षेत्रहरूमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानी सम्बन्धी कार्य प्रभावकारी रूपमा भइरहेको छ ।
एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जना भन्दा बढि झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्ब र १११५मा सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले केन्द्र, प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य योजना बनाएको समेत जनाएको छ ।
प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामको लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने, नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको शुदृढिकरणका लागि सरोकारवाला निकायहरु विच एकिकृत समन्वय तथा सहकार्य गर्ने तथा राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने दमन्त्रालयको योजना छ ।
0 प्रतिक्रिया
नेपाल हिमालय सिमापार वाणिज्य संघले मनायो २५ औं स्थापना दिवस (फोटोफिचर)

नेपाल हिमालय सिमापार वाणिज्य संघले २५ औं साधारणसभा तथा रजत जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । उद्योग, वाणिज्य तथा […]
संघको प्रथम उपाध्यक्षमा सुजित श्रेष्ठको उम्मेदवारी : व्यवसायीको पक्षमा अहोरात्र खटने प्रतिवद्धता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका सुजितकुमार श्रेष्ठले आफु निर्वाचित भएमा व्यवसायीहरुको पक्षमा […]
संघको तृतिय उपाध्यक्षमा ‘वैभव’को उम्मेदवारी : अहिलेजस्तै व्यवसायीको मन जित्ने गरी काम गर्ने प्रतिवद्धता

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यकालका लागि वैदेशिक रोजगार व्यवसायी माझ जुजारु र सक्रिय व्यवसायीका रुपमा चिनिएका बैकुण्ठ प्रसाद […]
पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् । शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक […]
रास्वपाले चितवनबाट सुरू गर्यो ‘जनयात्रा’

राष्ट्रिय स्वतन्त्र पार्टीले जनयात्रा सुरू गरेको छ । रास्वपाले आज चितवनबाट जनयात्रा सुरू गरेको हो । पार्टी सभापति रवि लामिछाने […]