पद्मोदय मोडमा ‘जुत्ता एक्सचेन्ज मेला’को १५ औं संस्करण सुरु, पुरानोसँग नयाँ साट्ने सुनौलो अवसर
- साउन १८, २०८१
- 0
काठमाडौंको पद्मोदय मोडमा जुत्ता एक्सचेन्ज मेलाको १५ औं संस्करण सुरु भएको छ ।
पुतलीसडकबाट फनपार्क छिर्ने मोडैमा पद्मोदय स्कुलसँगै लागिरहेको एक्सचेन्ज मेलामा विशुद्ध नेपाली ब्राण्डका जुत्ताहरु राखिएका छन् ।मेलामा जस्तोसुकै पुराना जुत्ताको मुल्य ५ सय रुपैयाँ मुल्यांकन गरिने र नयाँ जुत्ता किन्दा थप २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको मेला आयोजक तथा भेनस सुजका प्रबन्ध निर्देशक जीवन श्रेष्ठले बताए ।
सर्वसुलभ मुल्यमा सबैले जुत्ताचप्पल लगाउन पाउन् भन्ने उद्देश्यका साथ उच्च गुणस्तरको विशुद्ध नेपाली ब्राण्डका जुत्ताहरु उपभोक्तालाई उपलब्ध गराउन र नेपाली जुत्ता पनि विदेशी जुत्ताभन्दा कम छैन भनी चिनाउँनलाई मेला आयोजना गरेको उनको भनाई छ ।
मेलामा केटिएम सुज, भेनस सुज, सम्राट सुज र स्मार्ट सुजका २४ सयभन्दा बढी लेटेस्ट डिजाइनका जुत्ताहरु राखिएको अर्का मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।
मेलामा पार्टीसुज, क्याजुवल सुज, स्पोर्ट सुज, अफिस सुज, स्कुल सुज, बुट, लेदर सुज, लोफर सुज, स्टिल सुज, स्निकर सुज लगायतका जुत्ताहरु भर्खरै मात्र लन्च भएर आएको उनले बताए ।
विगत ७ वर्षदेखि निरन्तर वर्षको २ पटक एक्सचेन्ज मेला आयोजना गरिदै आएकोमा मेलामा ग्राहकहरुको आकर्षण हरेक पटक बढ्दै गएको आयोजकको दावी छ ।
मेलामा ओरिजिनल ब्राण्डका ‘ए’ ग्रेडका जुत्ताहरु सुपथ मुल्यमा किन्न पाउँदा पुराना ग्राहकहरु पनि बारम्बार आईरहने गरेको पाइएको आयोजक महतो बताउँछन् ।
पुरानो जुत्ताको सोललाई रिसाइकल गरेर नयाँ सोल बनाईने बताउँदै आयोजक श्रेष्ठले आफ्नो घरमा भएका पुराना जुत्ताहरु फाल्नुको सट्टा मेलामा आएर नयाँ जुत्तासँग एक्सचेन्ज गरी मौकाको फाइदा उठाउन समेत सबैलाई आग्रह गरे ।
काठमाडौंको पद्मोदय मोडैमा पद्मोदय स्कुलसँगै लागिरहेको एक्सचेन्ज मेला विगत ७ वर्षदेखि धेरै ग्राहकहरुको मन मुटुमा बसिसकेको छ । विशुद्ध नेपाली ब्रान्डका हाइ क्वालिटीका जुत्ताहरु एकदमै सस्तो मुल्यमा छानीछानी एउटै छानामुनि किन्न पाईने भएको हुनाले एक्सचेन्ज मेला ग्राहकहरका लागि सार्थक बन्ने आयोजकको दावी छ ।