प्रभु बैँक र टिस्टुङ्ग रिसोर्टबीच छुट सम्झौता

news-details

प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहकाबीच सम्पन्न उक्त सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन तथा प्रभु बैँकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालयहरु, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । साथै, प्रभु बैँक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *