सुनको मूल्य बढ्दा चाँदी घट्यो
- साउन ७, २०८१
- 0

साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रूपैयाँले बढेको हो ।
आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा १ हजार ८ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ ।
0 प्रतिक्रिया
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय […]
अनेरास्ववियुको नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । […]
आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार […]
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण […]
यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी […]