नेप्से ६१.६१ अंकले बढ्योः कारोबारमा सोल्टी होटल अगाडि
- साउन ६, २०८१
- 0

साताको पहिलो बारोबार दिन आज (आइतबार) नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ रहेको छ ।
आज कारोबारमा आएका ३१५ कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ । बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन् ।
कारोबारका आधारमा भने आज सोल्टी होटल अगाडि छ । यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको छ ।
0 प्रतिक्रिया
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ । मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय […]
अनेरास्ववियुको नेतृत्व चयनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । […]
आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ । आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार […]
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण […]
यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी […]