पेट्रोल र डिजेलको मूल्य बढ्यो (मुल्यसूचिसहित)
- असार ३१, २०८१
- 0
नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।
निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका हुन ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंह
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला […]
सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता
अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा […]
सिनामंगलस्थित होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । एउटै कोठामा मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय […]
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल […]
राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रधानमन्त्री ओलीको चासो, आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन […]