४ महिनाको विश्रामपछि श्रम मन्त्रालय नै फर्किएका भण्डारी १९ पटक बने मन्त्री
- रोजगारमञ्च
- असार ३१, २०८१
- 0
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १९ औँ पटक मन्त्री बनेका छन् । भण्डारीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिएसँगै उनी १९ पटक मन्त्री बनेका हुन् ।
गत फागुनमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय छोडेका मन्त्री भण्डारी ४ महिनापछि सोही मन्त्रालय संहाल्न आइपुगेका छन् । श्रम मन्त्रालयमा २०७९ चैत्रमहिना श्रम मन्त्री बनेर झण्डै ११ महिना सोही मन्त्रालयको कार्यभार संहालेका मन्त्री भण्डारी पुनः श्रममा नै पुग्नुलाई अर्थपुर्णरुपमा लिइएको छ ।
११ महिना श्रम मन्त्रालयमा रहँदा मन्त्री भण्डारीले व्यवसायीको पक्षमा मात्र काम गरेको भन्ने आरोप खेप्नु परेको थियो भने श्रमिकको पक्षमा खासै काम नगरेको गुनासो आएको थियो ।
त्यसो त भण्डारी पञ्चायत कालदेखि नै मन्त्री बन्न सुरु गरेका थिए । २०४३ मा पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री बन्दै भण्डारीले मन्त्रीको यात्रा तय गरेका हुन् । भण्डारी २०४६ मा वाणिज्य तथा आपूर्त राज्यमन्त्री बनेका थिए । त्यस्तै २०४६ चैत १९ मा पुनः वाणिज्य राज्यमन्त्री, २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री, २०५३ जेठ ४ मा बिनाविभागीय राज्यमन्त्री र २०५३ पुस २४ बिनाविभागीय राज्यमन्त्री बने ।
यसरी पञ्चालयकालदेखि नै मन्त्री बनेका भण्डारीका लागि २०४६ को जनआन्दोलनपछिको राजनीतिक परिस्थिति झन् फलदायी रह्यो यो अवधिमा उनी पटकपटक बन्त्री बनेर सिंहदरबार छिरे ।
२०५४ असोज २७ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री बन्दै भण्डारी पहिलोपटक क्याबिनेट मन्त्री बनेका हुन् । उनी, २०५४ कात्तिक ११ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०५४ मंसिर १८ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०५६ जेठ १७ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०५६ असार १६ मा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०५६ फागुन २७ मा स्वास्थ्यमन्त्री, २०५८ साउन ११ मा स्वास्थ्यमन्त्री र २०५८ कात्तिक २ मा स्वास्थ्यमन्त्री बने ।
पञ्चायतकालमै मन्त्री बनेका भण्डारी २०४६ को जनआन्दोलनपछि पनि पटकपटक मन्त्री बन्न सफल रहे । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पनि भण्डारी सत्ताकै वरिपरि रहे । २०६६ जेठमा पर्यटन मन्त्री, २०६८ भदौमा रक्षा मन्त्री, २०७८ जेठमा उर्जा मन्त्री, २०७९मा श्रम मन्त्री भएर फेरी सोही मन्त्रालयमा आएका हुन् ।