डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा गोविन्द प्रसाद ढकाल निर्वाचित

news-details

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल सर्वसम्मतीबाट निर्वाचित भएका छन् । एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले अध्यक्षलगायत अन्य पदाधिकारी सर्वसम्मतीबाट निर्वाचित गरेको हो ।

निर्वाचित हुनेमा प्रथम उपाध्यक्षमा प्रद्युमन पोखरेल (मुक्तिनाथ विकास बैंक), द्धितिय उपाध्यक्ष रेशम बहादुर थापा (गण्डकी विकास बैंक), महासचिव मनोज कुमार ज्ञवाली (ज्योति विकास बैंक), सचिव प्रदिप कुमार श्रेष्ठ (तिनाउँ विकास बैंक), कोषाध्यक्ष सुयोग श्रेष्ठ (सांग्रिला डेभलपमेण्ट बैंक), सदस्यतर्फ रमेश प्रसाद जोसी (सिन्धु विकास बैंक), नरेश सिंह बोहरा (लुम्विनी विकास बैंक), विरुराम जैसी (कञ्चन डेभलपमेण्ट बैंक), प्रविन वस्नेत (कामना सेवा विकास बैंक) र नविन सुवेदी (सप्तकोशी डेभलपमेण्ट बैंक) निर्वाचित भएका हुन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले आव २०७४/०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आव २०७५/०७६ को अनुमानित आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

जम्मा २९ सदस्य विकास बैँकहरु मध्ये २५ जना सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिताले उक्त कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *