सिभिल बैंकको सातौँ र आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध

news-details

सिभिल बैंक लिमिटेडले आगामी चार वर्षका लागि सञ्चालकहरु निर्विरोध चयन गरेको छ । शुक्रबार सम्पन्न भएको बैंकको सातौँ र आठौँ वार्षिक साधारण सभाले उनीहरुलाई निर्विरोध चयन गरेको हो ।

साधारण सभाले बैंककोे संस्थापक शेयर धनीहरुको तर्फबाट ईञ्जिनयर इच्छाराज तामाङ, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादुर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ ।

साथै, साधरण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना सेयर धनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ हरोड ४० लाख ७९ हजार ३ सय १२ रुपैयाँ ८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने निर्णय स्वीकृत गरेको छ ।

यस्तै, ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ छ पैसा मात्र (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशतका दरले हुन आउने २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

साथै, साधरण सभाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न/हुन वा स्वदेशी र विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न र गराउन संचालक समितिलाई पूर्ण अख्तियारीे प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *