राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, दक्षिण एशियाली महिला विकास मंच र टाटा परियोजनाबीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितीमा भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजाल र टाटा परियोजनाका एच.इ.कुट्टीले हस्ताक्षर गरेका हुन ।

यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् ।

सम्झौता पछि टाटा परियोजनाले उपलब्ध गराएको रु. १५ लाखसम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा राष्ट्रिय वाणिज्य बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा अन्तर्गत १.६ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने छ ।

हस्ताक्षर समारोहमा खानेपानी मन्त्री मगरले नेपाली महिलाले खानेपानीका लागि जिवनमा धेरै समय ब्यतित गरिरहेको सन्दर्भमा यस्तो सम्झौताले महिलाहरुमा सजिलै खानेपानीको उपलब्धता भई महिला उद्यमशिलता र सशक्तिकरणमा सघाउ पुग्ने बताइन ।

????????????????????????????????????

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुग्ने गरी महिला उद्यमशिलताको क्षेत्रमा कार्य गर्न पाउदा खुशी लागेको बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २१८ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।

दक्षिण एशियाली महिला विकास मंचका अध्यक्ष प्रमिला आचार्य रिजालले महिलाद्धारा स्वच्छ र शुद्ध खानेपानी उत्पादन गर्ने कार्यमा समन्वयनकारी भुमिका प्रतिबद्धरुपमा निर्वाह गरिने बताइन ।

कार्यक्रममा टाटा परियोजनाका एच.इ. कुट्टी, फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपालका अध्यक्ष श्रदा रिजाल, मनुसी लघुबित्त संस्थाका अध्यक्ष पदमासना शाक्य, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपालका प्रथम अध्यक्ष कमलेश लता राजभण्डारी, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस्का उपाध्यक्ष अन्जना ताम्रकारले मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत तेकराज जोशी , विभागीय प्रमुख नारायण लामिछाने, महिला उद्यमशिलताको क्षेत्रमा कार्य गरिरहेका विभिन्न महिला उद्यमी ब्यवसायी, संघ सस्थाहरुका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *