‘कर्मले त सफल बने, तर देश छोड्नुको पीडाले सधै पिरोलिरहन्छ’ : भैरब ढकाल

news-details

२८ वर्ष पहिला अष्ट्रेलियाको पर्थ पुगेका भोजपुर चरम्बीका भैरव ढकाललाई केही वर्षको बसाइपछि नै स्वदेश फर्किहाल्छु भन्ने थियो । तर समयले उनलाई फर्कन दिएन, अहिलेसम्म त्यहीँ राख्यो क्रियाशील बनाएर । कामदारका रुपमा अष्ट्रेलिया छिरेका ढकाल अहिले सफल उद्यमी मात्र होइन, पर्थमा रहेका नेपालीहरुका अत्यन्तै जिम्मेवार अभिभावक बनेका छन् । व्यवसायिक जीवनको अतिरिक्त सामाजिक कार्यमा समेत सक्रिय रहेका उनी पर्थमा रहेका नेपालीहरुको मनमुटुमा ज्यादै सम्मानित रुपमा बसेका छन् ।

सन् १९९६ अक्टोवरमा ढकाल पर्थ पुग्दा त्यहाँ पढ्नका लागि गएका केही नेपाली मात्र भेटिन्थे । तर, ढकाल भने काम गर्नको लागि पर्थमा पुगेका थिए । उनी निरन्तर रुपमा समर्पित भएर काममा लागिरहे । १२ वर्षमा खोला त फर्कन्छ भनिन्छ, ढकालको जीवनमा पनि यस्तै भयो, उनको जीवनले नयाँ अध्याय शुरु ग¥यो । कामदारबाट उनी उद्यमी बने । सन् २०१० मा पर्थको भिक्टोरिया पार्कमा नेपाली रेष्टुरेन्ट खोल्न सफल भएका उनी कामदारबाट मालिक बने, यसपछि उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । एकपछि अर्को सफलता हात परिरह्यो उनलाई ।

अष्ट्रेलियामा रहेका दर्जनौँ संघसंस्थामा आबद्ध रहेका ढकालले पर्थमा नेपाली समाज चिनाउनका लागि अर्थपूर्ण गतिविधिका साथमा धेरै नै मेहनेत गरेका छन् । व्यवसाय बाहेक सामाजिक कार्यमा सक्रिय ढकाललाई नचिन्ने सायदै छैनन् होला । दिनमा कम्तीमा ४ घण्टा समाजसेवामा बिताउने ढकाललाई सामाजिक कार्य नशाजस्तै भएको छ । उनलाई सामाजिक कार्यका लागि तथा विभिन्न सहायताका लागि दिनमा सयौँ फोनहरु आउने गर्दछन् । उनी पनि सकेको सहयोग तथा सहजिकरणका लागि सप्रेम आफै अघि सर्ने गर्दछन् ।

हरेक नागरिकलाई परिश्रम गर्न सिकाएको अष्ट्रेलियामा ढकालको दैनिकी निकै ब्यस्त छ । बिहान उठेदेखि मध्यरातसम्म उनी व्यवसायमा आफै सक्रिय हुन्छन् । ‘काम सानो–ठूलो हुँदैन’ उनी गर्व साथ भन्छन्– ‘ट्वाइलेट सफा गर्नेदेखि भाँडा सफा गर्ने सम्पूर्ण काम म आफै गर्छु, अरुलाई परिश्रम गर्न सिकाउन पनि म आफै अगाडि सर्छु । मलाई काम गर्दा आनन्द महसुस हुन्छ । काम गर्दा सानो होइन्न, बरु काम नगर्दा सिक्ने अवसरबाट बन्चित होइन्छ ।’

ढकाल मात्र होइन अष्ट्रेलिया पुगेका हरेक नेपालीले यसरी नै परिश्रम गर्न सिकेका छन् । यो त्यहाँको खास जीवन पद्घति नै हो ।

भोजपुरदेखि पर्थसम्म

नेपालको पूर्वी जिल्ला भोजपुरको चरम्बी (हाल अरुण नगरपालिका)मा बाल्यकाल बिताएका ढकालको कर्मभूमि अष्ट्रेलिया बन्यो । बुबा स्व. सीताराम (शिव) ढकाल र आमा पदमकुमारी ढकालको उनी माइलो छोरा हुन् । दाजु भीमप्रसाद ढकालसँगै अध्ययनका लागि राजधानी छिरेका उनले त्यसबेला पनि धेरै संघर्ष गरे । काठमाडौमा दाजु भीमप्रसाद र भाइ प्रभु ढकालसँग बस्दासमेत उनी पारिवारिक जिम्मेवारीको भूमिका निभाउँथे । काठमाडौँमा बस्दा नै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा काम गरेको अनुभव बटुलेर नयाँ छलाङ मार्न उनी ठूलै घरानाको साथमा लागेर सन् १९९६ अक्टोबर ५ तारिखका दिन अष्ट्रेलिया हानिए ।

उनी अष्ट्रेलियाको पर्थमा पुगे । पर्थ राज्य पश्चिमी अस्ट्रेलियाको राजधानी हो । यो राज्यको स्थापना १२ जून १८२९ मा केप्टन जेम्स स्टर्लिंगले गरेका थिए । ढकाल पर्थ पुग्दा नेपालीको संख्या ज्यादै न्युन थियो । नेपाली भेट्न निकै मुस्किल हुन्थ्यो । अहिले भने त्यहाँ नेपालीको संख्या ह्वात्तै बढेको छ ।

पर्थमा काम गर्दागदै उनी सन् १९९८ मा शान्ता ढकाल पराजुलीसँग वैवाहिक सम्बन्धमा बाँधिए । परिवारसँगै परदेशमा बस्न थालेपछि उनलाई थप सहज महसुस भयो । अहिले छोरी सरिना ढकाल र छोरा रायन ढकाल उनीहरुको सहारा बनेका छन् । छोरी सरिना पनि आफ्नो ल्याव मेडिसिनको अध्ययनका अतिरिक्त बुबाको सामाजिक कार्यको पदचाप पछ्याउँदै अगाडि बढिरहेकी छिन् ।

सामाजिक संघसंस्थादेखि एनआरएनए अभियानसम्म

सन् १९९६ मा अष्ट्रेलियाको पर्थमा पुग्दा त्यहाँ २०–२५ जना नेपाली मात्र थिए । काम गर्नेभन्दा पनि पढ्नका लागि गएका नेपालीहरु भेटिन्थे । बिस्तारै नेपालीहरु पर्थ जाने क्रम बढ्दै गयो । सन् २००४ सम्म आइपुग्दा पर्थमा नेपालीको संख्या ५–६ हजार पुग्न थाल्यो । त्यो बेला ढकालसहित केही अगुवाहरुले त्यस क्षेत्रमा रहेका सबै नेपालीलाई समेट्नका लागि एउटा नेपाली संस्था बनाउने पहल थाले । अनि जन्मियो, नेपाली एशोसिएशन अफ वेष्ट्र्रन अष्ट्रेलिया (नावा) । ढकाल नावाको संस्थापक कोषाध्यक्ष बने ।

सन् २००३ मा बेलायतबाट शुुरु भएको गैरआवासीय नेपाली संघको अभियान अष्ट्रेलियामा पनि बिस्तार हुन थाल्यो । ढकाल पनि अन्तर्राष्ट्रिय सञ्जाल भएको एनआरएनएको अभियानमा सन् २००९ मा जोडिए । सन् २०११–१३ मा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष बनेका ढकाल २०१३–१५ मा आइसीसी सदस्य हुँदै विभिन्न टाक्सफोर्समा रहेर काम गरे ।

नेपालीहरुलाई एकअर्कामा जोड्ने, नेपाली कला–संस्कृति देखाउने र नेपाललाई चिनाउने काम नावाले गर्न थाल्यो । नावा नै पर्थकोे सबैभन्दा पुरानो नेपाली संस्था हो । नेपाल फेष्टिवल आयोजना गरेर नेपाल चिनाउनका लागि नावाले निरन्तर रुपमा काम गर्दै आएको छ ।

सन् २००३ मा बेलायतबाट शुुरु भएको गैरआवासीय नेपाली संघको अभियान अष्ट्रेलियामा पनि बिस्तार हुन थाल्यो । ढकाल पनि अन्तर्राष्ट्रिय सञ्जाल भएको एनआरएनएको अभियानमा सन् २००९ मा जोडिए । सन् २०११–१३ मा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष बनेका ढकाल २०१३–१५ मा आइसीसी सदस्य हुँदै विभिन्न टाक्सफोर्समा रहेर काम गरे ।

एनआरएनएको वैदेशिक रोजगार टाक्स, आर्थिक व्यवस्थापन टाक्स हुँदै आइसीसी सल्लाहकार समेत बनिसकेका ढकाल एनआरएनए अभियानमा अझ सक्रिय भएर काम गर्ने सोचाइमा रहेका छन् । पवित्र संघसंस्थामा हुने गरेका फोहोरी राजनीतिलाई जरैबाट उखेल्न आवश्यक रहेको बताउँने ढकाल यस्ता संघसंस्थामा आबद्ध हुने सबैजना विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने बताउँछन् । सामाजिक संस्थामा लिन होइन, दिन जाने हो भन्ने मान्यता राख्ने ढकाललाई सहयोग गर्न पाउँदा मात्र औधी खुशी मिल्ने गर्छ ।

बुबा सीताराम ढकालले सामाजिक कार्यमा चालेको कदमलाई मूर्तरुप दिन ढकाल परिवारले बुबा र आमाको नाममा सीताराम पदमकुमारी फाउण्डेशन स्थापना गरेर सामाजिक कार्य गर्दै आएको छ । सामाजिक काममा आफ्ना बुबाको प्रभावशाली सक्रियताको बाछिटा आफूमा पनि परेको ढकालको भनाइ छ । जेष्ठ नागरिकहरुको हक अधिकारका लागि आफ्ना बुवाको सक्रियतामा भएको आन्दोलनले दिलाएको सफलतालाई ढकाल परिवारले गर्व साथ लिन्छ । अनि आफ्ना बुवाको योगदानको चर्चा हुन्छ । आफ्नो होइन, समाजका लागि काम गर्नुपर्छ भन्ने आफ्ना वुवाको मान्यता अहिले सबै छोराछोरीमा सरेको छ ।

रेष्टुरेन्टमा कामदारका रूपमा अष्ट्रेलिया छिरेका ढकालको संघर्षका दिन निकै कष्टकर थिए । तर काममा रमाउने ढकाललाई अगाडि बढ्न केही कुराले पनि रोकेन । १४ वर्ष कामदार भएर काम गरेका उनले आफ्नो अनुभव निखार्दै आफै मालिक बन्ने रिक्स मोले । अन्ततः उनले सन् २०१० मा हिमालय नेप्लिज रेष्टुरेन्ट संचालनमा ल्याए । पर्थको भिक्टोरिया पार्कमा नेपाली खाना खुवाउने र विश्व बजारमा नेपालका अनेकौँ हार्दिक पक्षलाई चिनाउनका लागि उनी लागिपरे ।

कामदारदेखि सफल व्यवसायीसम्म

रेष्टुरेन्टमा कामदारका रूपमा अष्ट्रेलिया छिरेका ढकालको संघर्षका दिन निकै कष्टकर थिए । तर काममा रमाउने ढकाललाई अगाडि बढ्न केही कुराले पनि रोकेन । १४ वर्ष कामदार भएर काम गरेका उनले आफ्नो अनुभव निखार्दै आफै मालिक बन्ने रिक्स मोले । अन्ततः उनले सन् २०१० मा हिमालय नेप्लिज रेष्टुरेन्ट संचालनमा ल्याए । पर्थको भिक्टोरिया पार्कमा नेपाली खाना खुवाउने र विश्व बजारमा नेपालका अनेकौँ हार्दिक पक्षलाई चिनाउनका लागि उनी लागिपरे । नेपाली गीत–संगीत, कला–साहित्य, प्रकृति–संस्कृति र नेपाली जनजीवनका चाखलाग्दा पाटाहरुको प्रचार प्रसारसँगै नेपाली पर्यटन प्रवद्र्घनका निम्ति ढकाल अहिलेसम्म निरन्तर लागिरहेका छन् ।

हस्पिटालिटी सेक्टरमा नै काम गरेको अनुभवी ढकाललाई रेष्टुरेन्ट व्यवसाय चलाउन धेरै संघर्ष गर्नै परेन । हिमालयन नेप्लिज रेष्टुरेन्टले सफलता चुम्दै गयो । रेष्टुरेन्ट व्यवसायको सफलतासँगै उनले अब यो व्यवसाय अझै बिस्तार गर्ने सोच बनाए । सन् २०१२ मा अर्को ब्रान्च पनि खोले । अनि प्रत्येक वर्ष नयाँ ब्रान्च खोल्न र सेवा प्रदान गर्न थाले । पर्थमा मात्र हिमालय नेप्लिज रेष्टुरेन्ट ६ वटा पुगे । एक सयभन्दा बढीलाई रोजगार दिएर व्यवसाय चलाइरहेका ढकाललाई कोरोना महामारीले भने नराम्ररी असर ग¥यो । रेष्टुरेन्टका ४ वटा ब्रान्च बन्द भए । अहिले भिक्टोरिया पार्क र मसमन पार्कमा रहेको रेष्टुरेन्ट चलिरहेका छन् । ढकाल आफै रेष्टुरेन्टका सबै काम गर्दछन् । उनको काम गर्ने जाँगर र मेहनेत देखेर सबैले डाह गर्दछन्, तर उनी आफ्नो कामबाट कहिल्यै थाकेनन्, निरन्तर आफ्नो सक्रियता बढाइरहेका छन् ।

नेपालीहरु समस्यामा परे भने उनको रेष्टुरेन्टमा आएर निःशुल्क खाना खान्छन् । कसैलाई पढ्नका लागि पैसा पुगेन भने उनले गर्जो टारिदिन्छन् । आर्थिक, नैतिक तथा कानूनी परामर्शका लागि पर्थमा रहेका नेपालीहरु ढकालसँग ठोक्किहाल्छन् ।

‘विदेशमा जतिसुकै सफल भए पनि नेपाल समृद्ध नभएसम्म कुनै पनि नेपालीको इज्जत रहँदैन’ ढकाल भन्छन्– ‘विदेशमा पैसा मात्र कमाउने होइन, अब आफ्नो समाज र देशका लागि पनि केही गर्न हामी सबै जुट्नु पर्छ । यो समयको आवश्यकतासँगै माग पनि हो । यसो गर्न सके राष्ट्रलाई निकै ठूलो सहयोग पनि हुनेछ ।’

अन्ततः सपना नेपालकै

अष्ट्रेलियामा बसेर नाम र दाम कमाएर सफल बनेका ढकाललाई नेपाल सम्झिँदा राम्रो निन्द्रा पर्दैन । कति रात उनले अष्ट्रेलियाको विकास, नियम–कानुनको कार्यान्वयन र नेपालको बिग्रँदो अवस्थालाई केलाउँदा–केलाउँदै छर्लङ्ग उज्यालो बनाएका छन् । कर्मले आफूलाई सफल बनाए पनि देश छोड्नु परेको पीडा उनमा छ । नेपालको राजनीति, विकासको गति र युवा वर्गको पलायनले उनको मन पिरोल्छ र सधैँ छटपटी हुन्छ । राजनीतिक उतारचढावले जनतामा खुशी नमिलेकोमा उनमा चिन्ता छ ।

आफूले कमाएको सीप र पुँजीलाई नेपालमा लगानी गर्नका लागि उपयुक्त क्षेत्रको खोजीमा रहेका ढकाल सरकारले लगानीको वातावरण बनाउने र सुरक्षा दिने हो भने विदेशबाट धेरै लगानी भित्रने बताउँछन् । नेपालमा हस्पिटालिटी सेक्टरमा नै लगानी गर्ने उनको योजना छ । नेपालमा लगानीका लागि धेरै अवसरहरु रहेको उनको आँखाले देखेको छ ।

विदेशमा जति नै सफल भए पनि नेपाल समृद्ध र विकसित भएको हेर्ने मन प्रवासमा रहेका सबै नेपालीको रहेको ढकाल बताउँछन । ‘विदेशमा जतिसुकै सफल भए पनि नेपाल समृद्ध नभएसम्म कुनै पनि नेपालीको इज्जत रहँदैन’ ढकाल भन्छन्– ‘विदेशमा पैसा मात्र कमाउने होइन, अब आफ्नो समाज र देशका लागि पनि केही गर्न हामी सबै जुट्नु पर्छ । यो समयको आवश्यकतासँगै माग पनि हो । यसो गर्न सके राष्ट्रलाई निकै ठूलो सहयोग पनि हुनेछ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *