स्वदेशमै श्रम गरिरहेका मोहन भन्छन– ‘मेहनत गरे विदेशकोभन्दा धेरै आम्दानी यही गर्न सकिन्छ’
- जेष्ठ १९, २०८१
- 0
नेपालको उर्वर जनशक्ति विदेश पलायन हुन नदिन के गर्नुपर्छ रु यो प्रश्नले धेरै नागरिकलाई गाँजेको छ । यस विषयमा ढिलो नगरी सरकारले पनि सोच्नु पर्ने बेला भइसकेको छ । हुन पनि रहर भनौँ या बाध्यता गाउँ न सहर अहिले हरेक नेपाली युवाको सपना वैदेशिक रोजगार बन्न थालेको छ । जस्तै होस्, जो होस् र जहाँबाट भए पनि फड्किने दाउमा छन् । हवाई मार्गको के कुरा लुकिचोरी बाटो महिनौ हिँडेर मेक्सिको हुँदै सपनाको देश अमेरिका पुगेका छन् । शक्ति राष्ट्र बिचको युद्घ युक्रेन–रसिया त्यहा“ समेत जोखिम मोलेर सेनामा भर्ती भएका छन् ।
नेपालमा जागिर खाएर उँभो लागिन्न भन्नेहरु कति छन् कति । यो कुरा कति सत्य हो रु साँच्चै, यहाँ केही नै छैन त रु कुनै समय पैसा कमाउन मुग्लान् भासिनेहरु प्रायः युवा जमात थियो, हुन्थ्यो । समय परिवर्तन सँगै पुस्ता हस्तान्तरण पश्चात् अब युवतीहरु पनि बाटो लाग्न थाले । पलायनको यो संख्यालाई तथ्यगत किसिमले नियाल्दा दैनिक दुई हजार हाराहारीले नेपाल छोडिरहेका छन् । यस्तै हो भने अबको दश वर्षमा कुन किसिमको समय आउला रु
नेपालमा वैदेशिक रोजगार सम्बन्धी ऐनको व्यवस्था २०४२ सालमा मात्र भएको हो । पछिल्लो तथ्यांक अनुसार त्यसयता वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६३ हजार नाघिसकेको छ । त्यसमा पुरुष ५३ लाख ४८ हजार र महिला तीन लाख १६ हजार छन् । त्यो बेलामा मुग्लान् छिरे झैँ नेपालीहरु अहिले साउदी, दुबई, कतार, मलेशिया जस्ता देशहरुमा श्रम गरिरहेका छन् । ‘स्टुडेन्ट’ भिसामा विशेषगरी युरोप, अमेरिका, अष्टे«लिया, क्यानडा र बेलायतलगायत मुलुकमा पुगेका छन् । यसरी हेर्दा विश्वका १५० मुलुकमा नेपालीको पहँुच पुगिसकेको छ ।
आफूसँगको श्रीखण्ड फ्याँकेर अरुसँग उत्तिसको स्याउला माग्नु कत्रो दुर्भाग्य हो रु देशको वर्तमान परिस्थितिले यस्तै र यही कुराको संकेत गरेको छ । समाजवाद, पुँजीवाद र औद्योगीकरणजस्ता विषयले नागरिकको जीवनशैली बदल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा दुई मत छैन । यसका लागि घम्साघम्सी होइन राष्ट्रियताका सवालमा सबै दल एक ठाउँमा उभिनु पर्छ । नत्र दशकौँ लामो संघर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र संघीयताको कार्यान्वयन कसरी सफल हुन्छ रु यो अर्को गम्भीर प्रश्न हो ।
राजनीतिक परिवर्तनको मुख्य उद्देश्य जनताको जीवनस्तर सुधार गरेर समृद्घि ल्याउनु हो । यसका लागि देशमा उत्पादकत्व र रोजगारी बढाई नागरिकलाई स्वदेशमै रहन अवसरको वातावरण बनाउनु सरकारको परम कर्तव्य हो तर विडम्बना परिस्थिति ठीक उल्टो भइरहेको छ । यद्यपि अँध्यारो पछि उज्यालो भने झैँ स्वदेशकै माटोलाई खनिखोस्री गर्दै आफ्नै गाउँघरको सेरोफेरोमा सम्भावना खोजेर आय आर्जनको गतिलो दृष्टान्त दिन सफल भएका छन्, एक युवा मोहन ढकाल । स्वदेशमै गरेको श्रमले विदेश भासिएकाहरुको भन्दा राम्रो आम्दानी र सम्मान कसरी आर्जन भएको छ, सुनौँ मोहनलाई ।
“भोजपुर जिल्लाको तत्कालिन चरम्बी–९ पुराना गाउँमा म जन्मेको हुँ । परिवारको कान्छो सदस्य मैले दश वर्षको उमेरसम्म गाउँकै उकालीओराली, खेतबारी, दाउराघाँस भ्याउदै तीन कक्षासम्म पढेँ । हाम्रो घरको आर्थिक अवस्था बलियो नहुनाले पढाइ लेखाइमा भन्दा घरायसी काममा नै बढी दुःख गर्नुपर्दा घरबाट एक घण्टा टाढाको चरम्बी स्कुलमा नियमित विद्यार्थी हुन सकिनँ ।
परम्परागत किसिमको खेतीपातीमा अन्न उत्पादन नभएको होइन, राम्रो हुन्थ्यो तर सिजनमा एक पटक धान बेचेर आउने पैसाले वर्षभरि खर्च चलाउन सहज भएन । कठिन यस मानेमा भयो, धान बिक्री गरेर एकमुष्ट आएको पैसा कतै न कतै टुङ्गो लाग्छ । उपियाँजस्तो नगदलाई खटाइखटाइ कसरी चलायमान गर्नु ? वृद्घ बुवाआमाको पालन पोषण र उपचार, घरमा आवश्यक नुन तेल र लुगाफाटो किनमेल । केटाकेटीको पढाइ, चाडपर्व, पाहुनापाछा र हाटबजार आदि धान्न मुस्किल हुन्थ्यो ।
थोरै जग्गा जमिन तर ठूलो परिवार भएको कारण मेरो साइलो दाजु डिल्ली ढकाल गाउँबाट भागेर इन्डियन आर्मीमा भर्ना हुनुभएको थियो । त्यसबेला गाउँमा हलोकोदालो गर्नु भन्दा घरबाट फड्केर अलि टाढा गएर सानोतिनो नै भए पनि जागिर खानु इज्जतिलो मानिन्थ्यो । त्यही भएर मलाई पनि गाउँमा बस्न मन लागेन र दाजुसँगै लाहुरे हुन भारतको नागाल्यान्ड पुगेँ । अलिबार पढ्ने अनि भर्ना हुने उद्देश्यले करिब दश वर्ष उतै अल्झे पनि लाहुरे हुन सकिनँ ।
त्यसताका मेरो ठूल्दाजु विष्णुको जमर्को पहाडको भिरपाखा जोत्नुभन्दा तराईको सम्म फाटमा जग्गा जोडियो भने कम दुःख गरेर पनि धेरै अनाज भित्र्याउन सकिन्छ भन्ने थियो यही सोचले उहाँ मोरङ जिल्लाको बबिया बिर्ता झर्नु भयो । माथिल्ला घरका सिताराम काकाले पहिले नै त्यस ठाउँमा जग्गा जोड्नुभएको थियो । उहाँकै सल्लाहमा दाजु तराई आउनु भयो र दुई बिघाहा जग्गा किन्नु भयो । इन्डियाबाट फर्केको म गाउँ पुगेँ । केही समय उता बसेर दाजु भाउजु भए ठाउँ मधेसको बबिया पुगेर अब पढ्नु प¥यो भनिकन प्रगतिशील मा.वि रङ्गेलीमा आठ कक्षामा भर्ना भई स्कुल जान थालेँ ।
त्यस बेला बुवाआमा मधेस झर्नु भएको थिएन । पहाडमा र तराईमा पनि हामी सपरिवार खेतीपातीमै व्यस्त भइयो । दाजुहरु भिन्न/छुटिएपछि बुवाआमासँग रहेर घर व्यवहार हाक्ने जिम्मा मेरो काँधमा आयो । पारिवारिक निर्णय अनुसार भोजपुरकी गीता पराजुलीसँग मैले लगन गाँठो कसेँ । घरजम भएपछि पढाइतिरको ध्यान भन्दा परिवार कसरी धान्नु र थप आम्दानी बढाउन कुन कदम चाल्नु ? यी प्रश्नले गिजोल्दा आफ्नो जग्गाको अतिरिक्त अरु जग्गाहरु पनि कमाउन थालियो । अब पहाड छोडेर बुवाआमासहित हामी बबिया बसाइँ सरिसकेका थियौँ ।
परम्परागत किसिमको खेतीपातीमा अन्न उत्पादन नभएको होइन, राम्रो हुन्थ्यो तर सिजनमा एक पटक धान बेचेर आउने पैसाले वर्षभरि खर्च चलाउन सहज भएन । कठिन यस मानेमा भयो, धान बिक्री गरेर एकमुष्ट आएको पैसा कतै न कतै टुङ्गो लाग्छ । उपियाँजस्तो नगदलाई खटाइखटाइ कसरी चलायमान गर्नु ? वृद्घ बुवाआमाको पालन पोषण र उपचार, घरमा आवश्यक नुन तेल र लुगाफाटो किनमेल । केटाकेटीको पढाइ, चाडपर्व, पाहुनापाछा र हाटबजार आदि धान्न मुस्किल हुन्थ्यो ।
सोच्न बाध्य भएँ म । जीवनमा कुन काम गरे आफूलाई पुग्ने नगद हुन सक्ला ? दश किलास भन्दामाथि नउक्लेको मान्छेलाई कसले पत्याएर जागिर देला ? विदेश जाने कि ? के गर्ने गर्ने । दुई तीन वर्ष म यस्तै यस्तै चिन्तामा डुबिरहेँ । यही बेला थोरै समयको फरकमा बुवाआमा बित्नु भयो । मलाई दुःखको बोझ झन् गह्रौ भयो । यताउता भौतारिदै आम्दानीको सम्भावना खोजेँ । गाई पालेर दैनिक दूध बेच्यो भने तत्काल नगद आम्दानी हुने, घरको गर्जो पनि टर्ने र थोरैतिनो रकम बचत हुने सम्भावना देखेर व्यवसायिक रुपमा नै दुहुना गाई पाल्न कम्मर कसेँ । एकै पटक पन्ध्र वटा गाई किनेँ र “ढकाल कृषि फर्म” दर्ता गरेँ ।
त्यसबेला गाउँमा हलोकोदालो गर्नु भन्दा घरबाट फड्केर अलि टाढा गएर सानोतिनो नै भए पनि जागिर खानु इज्जतिलो मानिन्थ्यो । त्यही भएर मलाई पनि गाउँमा बस्न मन लागेन र दाजुसँगै लाहुरे हुन भारतको नागाल्यान्ड पुगेँ । अलिबार पढ्ने अनि भर्ना हुने उद्देश्यले करिब दश वर्ष उतै अल्झे पनि लाहुरे हुन सकिनँ ।
अफसोस दूध विकेन । म पुनः चिन्तामा डुबेँ । क्रमशः सबै गाई बिक्री गरेँ । समयलाई पछाडि फर्केर हेर्दा त्यत्रो आठ दश बिघाहा जग्गामा मस्त भिडेर खेती गर्दा नपुगेको अब के गरौँ ? जसरी पनि आउने बाटो चाहियो, चाहियो । यस हजुरलाई नढाटी भन्नु पर्दा मलाई दूध डेरीले काम दियो । अब मैले गाउँभरिको दूध संकलन गर्न थालेँ ।”
पाँच वर्ष भयो, मोहन ढकालले दूध संकलन कार्य थाल्नुभएको । उहाँको सक्रियतामा दिनमा २२ सय लिटर दूध जम्मा हुन्छ । खरिद दाम प्रति लिटर ६० रुपैया छ । डेरीमा पुगेपछि त्यही दूध प्रति लिटर ७२ रुपैयामा बिक्छ । घरेलु कार्यालयमा दर्ता भएको ढकाल कृषि फर्मले यतिबेला पन्ध्र जना स्थानीय युवालाई स्थायी रुपमा रोजगार दिएको छ । दुहुना गाईभैँसी पालक कृषकले समयमा पैसा भुक्तान पाएका हुनाले पशु पालनमा थप हौसला मिलेको छ । ढकालले बताउनु भएअनुसार जसजसले रोजगार पाएका छन्, सबै जना अत्यन्तै खुसी छन् । दूधबाट बन्ने परिकारमध्ये पनिर सबैभन्दा सजिलो ‘आइटम’ हो । दूग्ध व्यावसायी मोहनसँग नौनी निकाल्ने, दूध तताउने र दूधमा पानी हालेको नहालेको अथवा दूधको दूध पानीको पानी छुट्याउने मेशिन पनि छ ।
परिस्थितिबस श्रीगणेश गरिएको ढकाल कृषि फर्म उन्नती पथमा अघि बढिरहेको छ । आफ्नो मिहिनेत र लगावको प्रतिफल ढकाल मोहनलाई यतिखेर समाजले हेर्ने दृष्टिकोण नै फरक भएको कुरा घामजस्तै छर्लङ छ । श्रीमती गीताले टाट्नाभरि बाख्रा पालेकी छन् । खसी बोका बेच्न हिँड्नु पर्दैन । फोनमा कल गरेर ग्राहक घरैमा आउछन् । हुन त अहिले यो सुविधा पहाडमै पुगिसक्यो भने तराईको सन्दर्भमा सामान्य हो । दूधको काम खेती गर्नु जस्तो कठीन होइन तर हलुका पनि छैन ।
गाई पालेर दैनिक दूध बेच्यो भने तत्काल नगद आम्दानी हुने, घरको गर्जो पनि टर्ने र थोरैतिनो रकम बचत हुने सम्भावना देखेर व्यवसायिक रुपमा नै दुहुना गाई पाल्न कम्मर कसेँ । एकै पटक पन्ध्र वटा गाई किनेँ र “ढकाल कृषि फर्म” दर्ता गरेँ । अफसोस दूध विकेन । क्रमशः सबै गाई बिक्री गरेँ । समयलाई पछाडि फर्केर हेर्दा त्यत्रो आठ दश बिघाहा जग्गामा मस्त भिडेर खेती गर्दा नपुगेको अब के गरौँ ? यसपछि चिन्तामा डुबेको मलाई दूध डेरीले काम दियो ।
ढकालले बताउनु भएअनुसार महिना नपुग्दै भनौँ, आधा महिना बाँकी हुँदै पन्ध्र गते नै कामदारलाई तलव खुवाउनु पर्छ रे । जो–जो आफ्नो अधिनमा रहेका छन् । सत्तरी हजार रहेछ, उहाँको पारिश्रमिक । यस बाहेक केही प्रतिशत ‘टिप्स’ पनि हुँदो रहेछ । बिहान चार बजेदेखि नौ बजेसम्म र दिउँसो दुई बजेदेखि साँझ छ बजेसम्म सधैँ सक्रिय हुनु प¥यो । अरु कामजस्तो होइन, समय थोरै तलमाथि भए दूध गन्हाउछ र फाट्छ ।
सक्रिय युवा व्यावसायी त हुनु भयो नै स्थानीय स्कुलमा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका ढकाललाई कुराकानीको अन्त्यतिर दूधको यो कारोबारले कति सन्तुष्ट हुनुहुन्छ ? भनेर सोधेको प्रश्नमा उहाँ भन्नु हुन्छ– “हामी नेपाली धेरै सुखी छौँ । आफ्नो गाउँ ठाउँमा बसेर केही गर्न चाहन्नौँ । घाँस काट्दा हाम्रो हातमा कस लाग्छ । गोबर सोहर्दा गन्हाउछ । यो भएन, त्यो भएन । आलस्य शरीर जतिखेर पनि अल्छी मात्रै लाग्छ । अधिकांश हामी यही अवस्थामा छौँ ।
धेरै टाढा किन जानू ? मेरा आफ्नै भतिजा विदेश छन्, त्यो पनि खाडी मुलुकमा । ४५/५० डिग्रीको धुपमा । त्यता छोडेर नेपाल आओ र यही फर्ममा खट, काम गर हिसाब नमारी तलब दिउला भनेर कति भने, भने तर मान्दैनन् । मलाई चित्त नबुझेको चाहिँ आखिर यताको पन्ध्र बीस हजार आर्जन गर्न किन विदेश नै जानू प¥यो ? आफ्नो जग्गा जमिन नभए एउटा कुरो ।
ढकाल कृषि फर्मलाई पत्याएर रङ्गेली नगरपालिकाले दश लाखको बजेट दियो । यो समाचार सार्वजनिक भएपछि सरकारी धन यसरी व्यक्तिगत रुपमा निकासा गर्न मिल्दैन भन्नेहरु निस्किए । विवाद हुने किसिमका कुरा सुनिसकेपछि मलाई कस्तो लाग्यो भने ठीकै छ, म नगद हातमा लिन्नँ । बरु मेशिनको खाँचो छ, त्यो रकमले मेशिननै किनेर दिनु भनिसकेपछि नगरपालिकाले त्यही अनुसार व्यवस्थापन ग¥यो ।
तराईको किलो काठमाडौं अथवा अन्यत्र लिटर भनेजति हो । आठ केजी दूधको एक केजीभन्दा बढी पनिर बन्छ । आफूले काम गरेको आधारमा यदि बनेन भने दूधमै कैफियत छ भनेर बुझ्नु पर्छ । कोही कोहीले थोरै पानी मिसाएर ल्याउनुहुन्छ, हुन त नबुझ्ने मानिसलाई जति भने पनि लाग्दैन रहेछ । ढकाल कृषि फर्ममा ९ सय बइसठी जनाले दूध ल्याउछन् ।
परिस्थितिबस श्रीगणेश गरिएको ढकाल कृषि फर्म उन्नती पथमा अघि बढिरहेको छ । आफ्नो मिहिनेत र लगावको प्रतिफल ढकाल मोहनलाई यतिखेर समाजले हेर्ने दृष्टिकोण नै फरक भएको कुरा घामजस्तै छर्लङ छ । श्रीमती गीताले टाट्नाभरि बाख्रा पालेकी छन् । खसी बोका बेच्न हिँड्नु पर्दैन । फोनमा कल गरेर ग्राहक घरैमा आउछन् ।
अर्काको देखेर अथवा कसैको लहै–लहैमा लागेर धान्न/खट्न नसकिने कामको पछि लाग्नु उचित हुँदैन । परिस्थिति बस मैले पढिनँ तर छोराछोरीलाई त पढाउनु प¥यो नि । ठूली छोरी उपमाले ब्याचलर सक्न लागिन् । छोरो सानै छ, स्कुल पढ्दैछ । खटाइ अनुसार महिनामा लाख जस्तो कमाइ हुन्छ । यहीभित्रबाट दूध हाल्ने क्यान किन्नु पर्छ । सिलवर लिए प्रतिगोटा बाह्र सय पर्छ र प्लाष्टिक लिए ८ सय । आवश्यकता अनुसार थपिएका यिनीहरु स्थायी पुँजी हुन् ।”
कति मीठा र प्रफुल्ल बात । आफ्नै देशमा श्रम गरेर परिवारको शीतल छहारीमा रमाउँदै विदेशकोभन्दा धेरै आम्दानी गर्न सफल भएका मोहनले गाउँका मान्छेलाई रोजगारी पनि दिएका छन् । गाउँभरि समाजसेवीको रुपमा हाइहाइ भएका छन् । नेता, प्रशासक, शिक्षक सबैसँग असल सम्बन्ध बनाएका छन् । भविष्यमा त्यस क्षेत्रको विकास र समृद्घि गर्न सक्ने नेतृत्वको रुपमा आफूलाई अगाडि बढाएका छन् ।
दार्शनिकले खुसीलाई जीवनको नैतिक लक्ष्यको अवसरका रुपमा लिने गरेका छन् भने कोही मानिसले खुसीलाई भाग्यको पर्यायका रुपमा पनि लिने गर्छन् । सामाजिक समर्थन खुसीको एक अर्को अनिवार्य हिस्सा हो । रगत वा सम्बन्धको आधारमा मानिस जोसँग नजिक हुन्छ, उनीहरुसँग सकारात्मक र सहायक सम्बन्ध बनाउँदा तनावबाट मुक्ति मिल्छ । स्वास्थ्य बिग्रन पाउँदैन र काममा झन् झन् उर्जा थपिइरहन्छ । ढकाल मोहनलाई हाम्रो शुभेच्छा छ, उहाँको कृषि फर्म अनन्त समयसम्म फक्रिरहोस् र फुलिरहोस् !