वैदेशिक रोजगार विभागले १० म्यानपावर कम्पनीको इजाजत खारेज गर्‍यो

news-details

समयमा नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ ।

कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागका सुचना अधिकारी भोला गुरागाईंले जानकारी दिए ।

खारेजीमा पर्ने कम्पनी इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्राल, प्रशिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिजलाई खारेज गरिएको विभागले जनाएको छ ।

यी कम्पनी फागुन १५ गतेको निर्णयले खारेज गरिएको भन्दै विभागले मंगलवार वेवसाइटमा सूचना प्रकाशन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *