होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको ग्राहकलाई विशेष छुट दिने सम्झौता
- रोजगारमञ्च
- जेष्ठ ९, २०८१
- 0
पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किङ्गस लाउन्जमा प्रभु बैंक लिमिटेडद्धारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
छुट्टाछुट्टै समारोहका बीच मंगलबार होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवाहरु आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा बिशेस छुट प्राप्त गर्न सक्ने छन् भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन ।
प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ ।
नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर लागेका प्रा.डा. भरत पहारीद्घारा सन्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा सँगितपे्रमि लक्षित होटल तथा रेष्टुरेण्टको रुपमा परिचित छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले भर्खरै “बैंक अफ द इयर २०२३” को उपाधीबाट सम्मानित भएको छ । प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यलयहरु, २ सय ८५ एटिएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकको मन जितिरहेको छ । ‘बिश्वास लिन्छौं बिश्वास दिन्छौ’ मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।