लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा थापा निर्वाचित
- जेष्ठ ६, २०८१
- 0
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् । शनिबार भएको साधारण सभापछिको निर्वाचनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
आइतबार बिहान सम्पन्न मतगणनामा थापा १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । थापाका निकटतम प्रतिद्वन्द्वी चिरञ्जिवी बस्यालले ८२ मत ल्याए भने तारानाथ अर्यालले ६९ मत ल्याए । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो ।
प्रथम उपाध्यक्षमा विनोदजंग केसी निर्वाचित भएका छन् । केसी १३६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भवानी प्रसाद निरौलाले ९२ मत ल्याए भने जंगबहादुर इजमले ७५ मत प्राप्त गरे ।
यस्तै द्वितीय उपाध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् । गैरे १५९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी हर्कबहादुर लिम्बूले १३५ मत प्राप्त गरे । त्यस्तै तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने १८८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश कार्कीले १०६ मत प्राप्त गरेका छन् ।
महासचिवमा महेश कुमार बस्नेत निर्वाचित भएका छन् । बस्नेत १६५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी कुवेर सिंह कोइराला (पंकज)ले ७४ मत ल्याए भने मोहन कुमार ढुंगेलले ६६ मत प्राप्त गरे ।
सचिवमा तुलसी राम पुरी निर्वाचित भएका छन् । पुरी १७२ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी विश्वास तिमिल्सिनाले ११६ मत प्राप्त गरे । सहसचिवमा राज काजी भोलान (राज लामा) निर्वाचित भएका छन् । भोलान १६३ मत ल्याएर निर्वाचित भएका हुन् भने उनकी प्रतिस्पर्धी निलम केसीले १३० मत प्राप्त गरिन् ।
कोषध्यक्षमा हिमा गुरुङ निर्वाचित भएकी छिन् । गुरुङ १८३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी गोमा गिरी क्षेत्री (अञ्जु)ले १०४ मत प्राप्त गरिन् । सहकोषाध्यक्षमा लिल बहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ १६१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी यमबहादुर क्षेत्री केसीले १२९ मत प्राप्त गरे ।
यस्तै सदस्यहरुमा देवीप्रसाद गिरी (२२६), शालिकराम अधिकारी (२०७), दिपक कुमार राय (२१०), सौरभ आचार्य (१९२), विद्यालक्ष्मी बज्राचार्य (२४०), अभिनयमान सिंह बस्नेत (१९५), राजेश्वर यादव (१९९), सविता कुमारी सिंह (२५३), रोशना निरौला (१९५) र महेश कुमार श्रेष्ठ (२११) निर्वाचित भए ।