पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो
- जेष्ठ २, २०८१
- 0
पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।
नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रति लिटर १७७ बाट १७० भएको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ ।
यस्तै डिजल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ । सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ ।
इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ ।