युएईसँग नयाँ श्रम समझदारी हुदै, ‘एमओयू’को मस्यौदामा जुट्यो सहमति
- बैशाख १२, २०७६
- 0
खाडि मुलुक युएई र नेपालबीच नयाँ श्रम समझदारी (एमओयू)को लागि सहमति जुटेको छ । युएई र नेपालका श्रम अधिकारीहरुको काठमाडौमा सम्पन्न बैठकमा यो सहमति जुटेको हो
यसअघि सन् २००७ मा भएको श्रम समझदारी पुनरावलोकन गर्ने गरी छलफल अघि बढेपनि नेपाली पक्षको आग्रहमा पुरानो समझदारी विस्तापन गर्नेगरी नयाँ समझदारीको मस्यौदाको विषयमा दुबै पक्षबीच सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
छलफलमा सहभागी श्रम मन्त्रालयका एक अधिकारीका अनुसार शुन्य लागतमा नेपाली कामदार लैजाने र कामदारका सेवासुविधा, सुरक्षालगायतका विषय समेटदै नयाँ समझदारीका लागि सहमति जुटेको छ ।
अब दुबै देशको मन्त्रिपरिषद बैठकले यो समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय हुनेछ ।
एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने दावी गर्दै श्रम मन्त्रालयले अब तत्कालै ओमानसँग पनि यसरी नै श्रम समझदारी गर्नेगरी छलफल चलाइने जानकारी दिएको छ ।