स्वीस सरकारले नेपाललाई ९.०१ मिलियन स्विस फ्रयांक सहयोग गर्ने

news-details

स्वीस सरकारले नेपालमा पर्यटन प्रवद्धनका लागि लागि ९.०१ मिलियन स्विस फ्रयांक आर्थिक सहयोग गर्ने भएको छ ।

अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसै वर्षदेखि सुरु हुन लागेको चार वर्षे परियोजनाले कोशी प्रदेशका २९ स्थानीय तहका करिब १ लाख स्थानीयवासीलाई प्रत्यक्ष लाभ पु¥याउने लक्ष्य राखेको छ ।

यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पर्यटन अभ्यासहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा राजदूत मेउलीले आयोजनाले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्न कोसे ढुंगाको रुपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

उनले आयोजनाको कार्यान्वयनले वातावरणमैत्री सामाजिक–आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुग्ने बताइन् ।

अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले सन् २०२८ सम्म चल्ने यस आयोजनाले १६ वटा पदमार्ग निर्माणका लागि कोसे ढुंगा साबित हुने बताए ।

यस परियोजनाले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र साना तथा मझौला उद्योगको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *