पद्मोदयमोडमा ‘पुरानो जुत्तामा नयाँ साट्ने’ एक्सचेञ्ज मेला शुरु
आकर्षक अफर : पुरानो जुत्ताको ५ सय र २५ प्रतिशतसम्म छुट पनि
- रोजगारमञ्च
- बैशाख ११, २०७६
- 0
तपाईले लगाएको जुत्ता फाटेर फाल्न खोजि रहनुभएको छ ? अथवा जुत्ता पुरानो भयो भनेर चिन्ता लिइरहनुभएको छ ? त्यसो हो भने अव तपाई चिन्ता लिन छोड्नुहोस् । तपाईसँग भएका पुराना जुत्ता नफाल्नुहोस् अव काम लाग्नेछ । पुराना जुत्ता लिएर गएपछि नयाँ जुत्ता लगाउन पाइन्छ । त्यो पनि काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको जुत्ता एक्सचेञ्ज मेलामा ।
वैशाखको पहिलो हप्तादेखि लागेको ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनेछ । त्यति मात्र होइन प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जीवन श्रेष्ठले जानकारी दिए । उनले भने–‘ जस्तोसुकै पुरानो जुत्ताको ५ सय रुपैया मूल्यांकन घटाएर आउने रकमको २५ प्रतिशत छुट उपलब्ध गराउने छौं ।’
नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको आयोजकको भनाई छ । ललितपुर धोवीघाटका अशोक श्रेष्ठ मेलाको आकर्षक अफर थाहापाएर पुरानो जुत्ता बोकेर मेलामा आएका रहेछन् । उनले भने–‘फालेका जुत्ता काम पनि लाग्ने, सस्तोमा नयाँ जुत्ता पनि पाइने, मलाई त यो स्किम धेरै मन प¥यो ।’
मेलामा नै भेटिएका हरिसिद्धिका सुधीर महर्जन पनि पुरानो जुत्ता ल्याएर नयाँ जुत्ता लिइरहेका थिए । ‘मेलामा धेरै सस्तो पाइदो रहेछ, मैले अरु ५÷६ जोर पनि किने’ मेलाको फाइदा उठाउँदै उनले भने ।
https://www.youtube.com/watch?v=uckvlW6lElc
जुत्ताको बजारमुल्य अनुसारनै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्री मूल्यभन्दा पनि सस्तो पर्ने आयोजकको दावी छ । ‘हाम्रो एमआरपी रेटमा नै छुट दिएका छौ, उपभोक्ता र कम्पनीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्दा विचमा हुने कमीशनको सबै फाइदा उपभोक्ताले पाउनुहुन्छ ।’ अर्का आयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।
जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला राखिएको आयोजक महतोले जानकारी दिए ।
गुणस्तरीय जुत्ता सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो । पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई थप सजिलो हुने अर्का आयोजक तथा फुटस्टेप सुजका संचालक आरसी केसी बताउँछन् ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।